भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?: नयाँ शक्ति

नयाँ शक्ति पार्टीको सांसद चौधरीको प्रश्न, भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?Ganga-Chaudhariकोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी नेपालको नेतृ तथा संसदीय दलकी नेता गंगा चौधरीले यो देशको भूमिलाई उर्बर बनाउनेहरुलाई विखण्डनकारीको बिल्ला भिराइएको भन्दै कडा प्रतिवाद गरेकी  छन् ।
नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । ‘यो भूमिलाई उर्वर बनाउने को हो ?,’ उनले भनिन्, ‘जसले यो भूमिलाई उर्वर बनायो त्यसलाई विखण्डनकारीको बिल्ला भिराइन मिल्छ ?’
उनले देशलाई उर्वर भूमिमा रुपान्तरण गर्नेहरुलाई नै शासकहरुले दोस्रो नागरिकको रुपमा  हेर्ने गरिएको गुनासो गरिन् । ‘जसले यो देशको एक चिम्टी माटो बेचेको छैन, त्सलाई देश द्रोहीको विल्ला भिराइन्छ,’ उनले भनिन्, ‘तर, यो देशको पानी र जमिन बेच्नेलाई के भन्ने ?’
उनले २१ औं शताब्दीका नेपाली जनतालाई अब कसैले झुक्याउन नसक्ने बताईन् । नेतृ चौधरीले देशको आर्थिक समृद्धिका लागि देशका युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिईन् । उनले नयाँ शक्ति सशक्त बन्नुपर्ने धारणा राख्दै पार्टीलाई भिटामिन र खोपको आवश्यकता रहेकोसमेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै