भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?: नयाँ शक्ति

नयाँ शक्ति पार्टीको सांसद चौधरीको प्रश्न, भूमि रक्षकलाई विखण्डनकारी भन्ने हो भने नदी बेच्नेलाई के भन्ने ?Ganga-Chaudhariकोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी नेपालको नेतृ तथा संसदीय दलकी नेता गंगा चौधरीले यो देशको भूमिलाई उर्बर बनाउनेहरुलाई विखण्डनकारीको बिल्ला भिराइएको भन्दै कडा प्रतिवाद गरेकी  छन् ।
नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । ‘यो भूमिलाई उर्वर बनाउने को हो ?,’ उनले भनिन्, ‘जसले यो भूमिलाई उर्वर बनायो त्यसलाई विखण्डनकारीको बिल्ला भिराइन मिल्छ ?’
उनले देशलाई उर्वर भूमिमा रुपान्तरण गर्नेहरुलाई नै शासकहरुले दोस्रो नागरिकको रुपमा  हेर्ने गरिएको गुनासो गरिन् । ‘जसले यो देशको एक चिम्टी माटो बेचेको छैन, त्सलाई देश द्रोहीको विल्ला भिराइन्छ,’ उनले भनिन्, ‘तर, यो देशको पानी र जमिन बेच्नेलाई के भन्ने ?’
उनले २१ औं शताब्दीका नेपाली जनतालाई अब कसैले झुक्याउन नसक्ने बताईन् । नेतृ चौधरीले देशको आर्थिक समृद्धिका लागि देशका युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिईन् । उनले नयाँ शक्ति सशक्त बन्नुपर्ने धारणा राख्दै पार्टीलाई भिटामिन र खोपको आवश्यकता रहेकोसमेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट