भारतीय ‘गुगल ब्वाई’ भन्छन् –प्रत्येक बच्चा मजस्तै हुन सक्छन्

indian-google-boyम पनि अरु बच्चासरह नै हुँ”, ९ वर्षे बालक पण्डितले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने, “म कुनै भगवानको बरदान पाएको बालक होईन, तपाईहरुलेपनि गर्न सक्नुहुन्छ यदि तपाईहरुले आफ्नो दिमागको अभ्यास गर्नुभयो भने, तपाईहरुपनि मजस्तै बन्न सक्नुहुनेछ।”

यो उमेरमा उनका साथी सहेलीहरु भने भर्खरै कखगरा र सामान्य गणित सिक्दैछन् तर उनी भने सबैलाई चकित बनाउन सफल भएका छन्। हुन पनि उनले भारतीय प्रायः सबै च्यानलहरुमा अन्र्तवार्ताहरु दिईसकेका छन्।

पण्डित नाईन ओन्डर्स किड्स अफ साउथ एशिया समेत हुन् । उनले अहिलेसम्म चार सय जति उपाधि जितिसेकका छन्। र, उनी कम उमेरमा सबैभन्दा धेरै पुरस्कार जित्ने मानिस पनि हुन्। पण्डित भारतीय च्यानल जि न्यूजका सबैभन्दा कम उमेरका एंकर समेत हुन्।

पण्डितसँग आईक्युबारे खरुची छ । त्यस्तै उनलाई ईतिहास र ज्योतिषशास्त्रबारे पनि उत्तिकै चाख छ। उनले भने,“म भविष्यवाणी बन्न चाहन्छु।” हुन पनि उनले एक पटक पढेको कुरा कहिल्यैपनि बिर्सिदैनन् रे, उनकी आमा सुमिता शर्माले भनिन्। शर्मा थप्छिन्,“यसबारेमा उनको विद्यालयमा समेत एकदमै राम्रो रेकर्ड छ।”
कार्यक्रममा उपस्थित् नेपाल भारत पुस्ताकालयका प्रमुख महेशचन्द्र शर्माले भने,“म उनको अद्भुत क्षमता देखेर निकै प्रभावित छु।” पण्डित नेपालस्थित् पशुपतिनाथ मन्दिरको दर्शन गर्न काठमाडौं आएका हुन्। काठमाडौं बसाईका क्रममा उनले एन.के सिंह मेमोरिय स्कुलको समेत भ्रमण गरे। विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई समेत उनले आश्चर्यचकित तुल्याए।

पण्डित भारतको हरियाणा राज्यका नागरिक हुन्। उनलाई रत्न हिन्दूस्तान अवार्ड र बाल मनिषीबाट समेत सम्मान गरिएको छ। उनको बारेमा जर्मनी टि.भी. च्यानलले समेत डकुमेन्ट्री निर्माण गरिसकेको छ। उक्त डकुमेन्ट्री एशिया कलिंग च्यानलका विभिन्न ४८ वटा देशहरुबाट प्रशारण भैसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित