३० घण्टामै १६ हजारले भरे कोरियाका लागि अनलाइन फारम

३०_घण्टामै_१६_हजारले_भरे_कोरियाका_लागि_अनलाइन_फारम8234-750x415काठमाडौं । कोरियन भाषा परीक्षा अनलाइन फारम खुलेको ३० घण्टामै १६ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।रोजगार अनुमती प्रणाली ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बिहीबार साढे ४ बजेसम्म १६ हजार एक सय ९३ जनाको परीक्षा आवेदन फारम समिट भइसकेको छ। शाखाले बुधाबार बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको थियो। पेज खुल्ला हुनासाथ अनलाइन आवेदन फारम भर्नेको चाप क्रमश बढेको खतिवडाले जानकारी दिए।

दिनको समयमा बैंकमा पैसा तिर्ने र रातको समयमा अनलाइन फारम भर्नेहरुको संख्या पनि देखिएको छ। शाखाले एउटा बैंकबाट मात्र आवश्यक २४ डलरको भौचर भर्नु पर्ने गरी लगाएको निर्णयबाट भने बैंकका शाखामा लामो लाइन देखिएको छ। यस पटक बैंकमा देखिएको जस्तै लाइन विगतका वर्षमा फारम लिनेका लागि हुन्थ्यो। अनलाइन आवेदन फारम यही चैत १८ गते रातको १२ बजेसम्म समिट गर्ने सकिन्छ। यसका लागि एमआरपी पासर्पोट नम्बर, बैंक भौचर नम्बर र अनिवार्य रुपमा इमेल आइडी आवश्यक पर्छ।

आवेदन फारम भर्नेले इमेल आइटीबाटै परीक्षाका लागि आवश्यक प्रवेश पत्र प्रिन्ट गरेर दिन पाउने छ। गत वर्ष ६१ हजारले आवेदन फारम भरेपनि यो वर्ष ८० हजार भन्दा बढीले आवेदन फारम भरेको शाखाको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित