३० घण्टामै १६ हजारले भरे कोरियाका लागि अनलाइन फारम

३०_घण्टामै_१६_हजारले_भरे_कोरियाका_लागि_अनलाइन_फारम8234-750x415काठमाडौं । कोरियन भाषा परीक्षा अनलाइन फारम खुलेको ३० घण्टामै १६ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।रोजगार अनुमती प्रणाली ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बिहीबार साढे ४ बजेसम्म १६ हजार एक सय ९३ जनाको परीक्षा आवेदन फारम समिट भइसकेको छ। शाखाले बुधाबार बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको थियो। पेज खुल्ला हुनासाथ अनलाइन आवेदन फारम भर्नेको चाप क्रमश बढेको खतिवडाले जानकारी दिए।

दिनको समयमा बैंकमा पैसा तिर्ने र रातको समयमा अनलाइन फारम भर्नेहरुको संख्या पनि देखिएको छ। शाखाले एउटा बैंकबाट मात्र आवश्यक २४ डलरको भौचर भर्नु पर्ने गरी लगाएको निर्णयबाट भने बैंकका शाखामा लामो लाइन देखिएको छ। यस पटक बैंकमा देखिएको जस्तै लाइन विगतका वर्षमा फारम लिनेका लागि हुन्थ्यो। अनलाइन आवेदन फारम यही चैत १८ गते रातको १२ बजेसम्म समिट गर्ने सकिन्छ। यसका लागि एमआरपी पासर्पोट नम्बर, बैंक भौचर नम्बर र अनिवार्य रुपमा इमेल आइडी आवश्यक पर्छ।

आवेदन फारम भर्नेले इमेल आइटीबाटै परीक्षाका लागि आवश्यक प्रवेश पत्र प्रिन्ट गरेर दिन पाउने छ। गत वर्ष ६१ हजारले आवेदन फारम भरेपनि यो वर्ष ८० हजार भन्दा बढीले आवेदन फारम भरेको शाखाको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग