अखबारका आवरण पृष्ठः प्रधानमन्त्री चीनतर्फ, दलहरुबीच सहमतिको संकेत

patrapatrika-bimal-1-1११ चैत, काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक अखबारका आवरण पृष्ठमा प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि चीन प्रस्थान गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै चीन जानुअघि प्रधानमन्त्री दाहालले दलहरुबीच सहमतिका लागि गरेको प्रयास सकारात्मक भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

यससँगै सर्वोच्च अदालतले संवैधानिक इजलाश चाँडो गठन गर्न प्रधानन्यायाधीश सुशीला कार्कीलाई परमादेश जारी गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले आवरण पृष्ठमा छापेको छ ।

फिरौतीपछि प्रेमिकाको हत्या गरी प्रेमी फरार भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएको छ । एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेकोलाई राजधानी दैनिकले एंकर न्यूज बनाएको छ ।

नागरिक दैनिकको आवरण पृष्ठमा अर्थ मन्त्रालयले रोकेपछि गृहमन्त्रालयले ठाडो आदेशमा चार अर्बको गाडी किन्ने तयारी गरेको समाचार प्रकाशित छ ।

यस वर्ष व्यापार घाटा ८ अर्बभन्दा बढी हुनेलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले पाठेघर मुखको क्यान्सको परीक्षण निशुल्क हुने समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

सशस्त्र प्रहरीको रासन भत्तामा भ्रष्टाचार भएकोलाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले बैतडीमा टाउको नभएको बच्चा जन्मिएको समाचारलाई आवरण पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि