देश रक्तपातमा डुब्ने राजेन्द्र महत्तोको चेतावनी

मधेसमा समानान्तर सरकार चलाउँछौंrajendra

                  भक्तपुर, चेत ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् । महतोले एमाले काँग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको भन्दै संशोधन बिना स्थानिय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देश रक्तपातमा डुब्ने चेतावनी दिएका हुन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले उनले मधेशमा दुई प्रदेश दिने सहमति भएता पनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानीको चरित्र पेश गरेको आरोप लगाए ।

      सिंमाकन नै मधेशी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाँति राखेर निर्वाचन जाने भन्नु मधेश र मधेशीलाई धोका दिनु बाहेक अरु हुन नसक्ने उनले बताए । केन्द्रिकृत सासन व्यवस्थाले मधेश र मधेशी जनताले कहिल्यै पनि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आफूहरुले मधेशमा समान्नातर सरकार चलाउन खोजेको खुलासा गरे । मधेशी दललाई भारत परस्त देख्ने नेपालका राजनीतिक दलहरुलका नेता नै दिल्लीबाट सञ्चालित भएको आरोप लगाउँदै अदृश्य रुपमा मधेशी दलहरु भन्दा भारतसँग आफू नजिक हुन बिभिन्न कसरत गर्ने गरेको बताए ।

एमालेको अंकार र सरकारको मधेशलाई हेर्ने दृष्टिकोणका कारण सप्तरी घटना घटेको भन्दै भारतलाई गाली गर्ने केपी ओली प्रबृति र खोक्रो राष्ट्रवादका कारण आर्थिक समृद्धि र देश बन्ने कल्पना गर्न नसकिने महतोले बताए । आफूहरुले बिगतमा पटकपटक सरकारमा बसेता पनि सिंहदरवारको चार किल्लाले मधेशलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकेको भन्दै आन्दोलनको बाटो रोजेको र अब पनि अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरि सरकारलाई दबाब दिने गरि आन्दोलनको खाका तयार भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली