८ चैत, काठमाडौं । पार्टी विधानबाट निर्वाचन आयोगले ‘हिन्दू राष्ट्र’ र ‘राजतन्त्र’ हटाएको विरोधमा सत्ताघटक दल राप्रपाले निर्वाचन आयोग घेराउ गरेको समाचारलाई काठमाडौंबाट मंगलबार प्रकाशित दैनिक पत्रिकाहरुले महत्वपूर्ण स्थान दिएका छन् । राप्रपाको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा नेता पशुपतिशम्शेर राणासहित दर्जनौं नेता तथा कार्यकता घाइते भएका छन् ।
त्यस्तै सरकारले मधेसी मोर्चालाई मनाउन सीमाङ्कनबाहेक संविधान संशोधन गर्न सकिने विकल्प अघि सारेको समाचारलाई पनि दैनिक पत्रिकाहरुले प्राथमिकता दिएका छन् । सत्तापक्ष र प्रतिपक्षबीच आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गरेरै छाड्ने सहमति भएको समाचारले पनि महत्व पाएको छ । आईजीपी नियुक्तिबारे सर्वोच्चमा मंगलबार अन्तिम बहश भएको र आज फैसला हुने समाचारलाई पनि दैनिक पत्रपत्रिकाले आवरण पृष्ठमा छापेका छन् ।
यससँगै, नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्र भएकोलाई नयाँ पत्रिका दैनिकले एंकर समाचार बनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानन्यायाधीश सुशीला कार्की ‘स्वेच्छाचारी’ भएको भन्दै टिप्पणी प्रकाशित गरेको छ ।
भारतले भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउनुको कारणलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले निर्वाचनका लागि सवारीसाधन किन्न चार अर्ब मागेको समाचारलाई महत्व दिएको छ ।
सबै स्थानीय तहमा अस्पताल खोलिने समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकताका साथ छापेको छ । गोरखापत्र दैनिकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको बाटो खुलेको समाचारलाई महत्व दिएको छ
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली