८ चैत, काठमाडौं । पार्टी विधानबाट निर्वाचन आयोगले ‘हिन्दू राष्ट्र’ र ‘राजतन्त्र’ हटाएको विरोधमा सत्ताघटक दल राप्रपाले निर्वाचन आयोग घेराउ गरेको समाचारलाई काठमाडौंबाट मंगलबार प्रकाशित दैनिक पत्रिकाहरुले महत्वपूर्ण स्थान दिएका छन् । राप्रपाको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा नेता पशुपतिशम्शेर राणासहित दर्जनौं नेता तथा कार्यकता घाइते भएका छन् ।
त्यस्तै सरकारले मधेसी मोर्चालाई मनाउन सीमाङ्कनबाहेक संविधान संशोधन गर्न सकिने विकल्प अघि सारेको समाचारलाई पनि दैनिक पत्रिकाहरुले प्राथमिकता दिएका छन् । सत्तापक्ष र प्रतिपक्षबीच आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गरेरै छाड्ने सहमति भएको समाचारले पनि महत्व पाएको छ । आईजीपी नियुक्तिबारे सर्वोच्चमा मंगलबार अन्तिम बहश भएको र आज फैसला हुने समाचारलाई पनि दैनिक पत्रपत्रिकाले आवरण पृष्ठमा छापेका छन् ।
यससँगै, नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्र भएकोलाई नयाँ पत्रिका दैनिकले एंकर समाचार बनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानन्यायाधीश सुशीला कार्की ‘स्वेच्छाचारी’ भएको भन्दै टिप्पणी प्रकाशित गरेको छ ।
भारतले भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउनुको कारणलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले निर्वाचनका लागि सवारीसाधन किन्न चार अर्ब मागेको समाचारलाई महत्व दिएको छ ।
सबै स्थानीय तहमा अस्पताल खोलिने समाचारलाई कान्तिपुर दैनिकले प्राथमिकताका साथ छापेको छ । गोरखापत्र दैनिकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको बाटो खुलेको समाचारलाई महत्व दिएको छ
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष