सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट इन्धन चुहिएको बारे अध्ययन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदसीय छानविन समिति गठन गरेको हो ।
चैत १ गते राती पौने ९ बजे ५ हजार टन इन्धन चुहिए पछि मन्त्रालय छानविन समिति गठन गर्न बाध्य भएको हो ।समितिलाई १५ दिन भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न र भविस्यमा यस्ता घटना हुन नदिन सुझाव माग गरिएको छ ।
साथै सम्बन्धीत जिम्मेवार पदाधिकारीहरुलाई के कस्तो कारवाही गरिनु पर्छ लगायतका विषयमा सिफारिश गर्न निर्देशन दिइएको छ ।समितिमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालय एरोनटिकल ईन्जिनियर महासेनानी लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।
(
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष