प्रत्यके बिरुवाले हाम्रो जीवनमा आफ्नै महत्व राख्छ, जस्तै घर भित्र राखिने मनी प्लान्ट । मनी प्लान्टले घरको शोभा बढाउँछ नै, साथै यो धन आगमनको सूचक पनि हो । यस्ता मनी प्लान्टलाई यदि गलत दिशामा राखिएमा धन आउनको सट्टा खर्च बढ्छ । त्यसोभए जान्नुहोस्, घरमा मिनी प्लान्टलाई राख्ने सही दिशा कुन–कुन हो ? दक्षिण–पूर्वी दिशामा – वास्तुशास्त्र अनुसार मनी प्लान्टको पुरा लाभ उठाउनका लागि दक्षिण पूर्वी दिशा उत्तम हुन्छ । यस दिशाका देवता गणेश हुन्, जसको प्रतिनिधिनी शुक्र हो । गणेशले अमंगलको नाश गर्छ, भने शुक्रले सुख–समृद्धि ल्याउने काम गर्छ । त्यसैले मनी प्लान्टलाई घरको दक्षिण पूर्वी दिशामा राख्नु उचित हुन्छ । यस दिशामा राख्नाले परिवारका सदस्यहरुमा सकारात्मक ऊर्जा आउँछ । राख्न नहुने दिशा उत्तर पूर्वी – मनी प्लान्टका लागि उत्तर–पूर्वी दिशा सबैभन्दा नराम्रो मानिएको छ । किनकि, उत्तर–पूर्वी दिशाको प्रतिनिधि देवगुरु बृहहस्पति मानिएको छ र त्यसमा शुक्रमा शत्रुवत सम्बन्ध हुन्छ । त्यसैले शुक्रसँग सम्बन्धित विरुवाहरुलाई उत्तर–पूर्वी दिशामा राख्न नोक्सान हुने बताइन्छ । यद्यपी, यस दिशामा तुलसीको विरुवा भने राख्न सकिन्छ । पूर्व वा पश्चिम दिशामा पनि मनी प्लान्ट राख्न राम्रो मानिँदैन, किनकि यसले पति–पत्निबीच मधुरता नरहने तथा तनावले भरिएको हुन्छ । केही यस्ता मान्यता छन् – मनी प्लान्टलाई बुधवारको दिन रेवती नक्ष्त्रमा राख्नुपर्छ । – मनी प्लान्टको हाँगा वा पातलाई जमिन तिर झर्न नदिनुहोस्, डोरीले बाध्नुहोस् । – मनी प्लान्टलाई घरबाट बाहिर नराख्नुहोस् । यसलाई घरभित्रै राख्नु शुभ मानिन्छ । – मनी प्लान्टलाई दिन–दिनै पानी दिनुपर्छ । – मनी प्लान्टको पात सेतो हुनु अशुभ मानिन्छ ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट