चैत ४, २०७३ काठमाडौं : महाभूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण भएको पहिलो विश्व सम्पदा हो, बौद्धनाथ स्तुप। त्यहीँबाट अब नेपाल सुरक्षित छ भन्ने अभियान थाले, केही जापानीहरूले। नेपाली पत्रकारमाझ ‘मेरी नेपाल’ अर्थात् ‘ह्याप्पी नेपाल’ लेखिएका टिसर्ट र बालबालिकाको हाँसोसहितको तस्विर भएको छातासहित बिहीबार अभियान थालिएको हो ।
भूकम्पपछि असुरक्षित महसुस गदै नेपाल भ्रमणमा आउन हिच्किचाउने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले अभियान सुरु गरेका हुन्। ‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका छन्।
‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रोछ, भूकम्पको पीडालाई पराजित गर्दै विकासको बाटोमा लागेका छन् भन्ने मेरो नेपाल अभियानको मुख्य सन्देश हो’ कोजीले भने। यही सन्देश फैलाउन जीसीआई फाउण्डेसनले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा ५० पत्रकारले अभियानमा ऐक्यबद्धता जनाएका थिए।
बौद्धनाथ स्तुपबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्विर खिचिएको छ। ती तस्विरलाई अमेरिका, युरोपलगायतका ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणको निम्तो दिइने अभियानकर्ता कोजीले बताए।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा