यथास्थितिमा संविधान संशोधन असम्भवः टोपबहादुर रायमाझी

३ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताए ।

सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझीले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्‍याउन सफल भएको जिकीर गरे ।

उनले भने, ‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सीमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ ।’

यता गृह राज्यमन्त्री इन्द्र बानियाँले भने तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

सरकारले ०७४ बैसाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै देखिएका राजनीतिक उतारचढावलाई मध्यनजर गर्दै सरकारले सुरक्षा दिने काममा कुनैपनि कसर बाँकि नराख्ने मन्त्री बानियाँले विश्वास दिलाए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन मुलुकका लागि महाउत्सव हो, यसलाई कसैले पनि रोक्न सक्दैन, जनताले आफ्नो मत हाल्ने र आफ्नो सरकार चुन्ने अवसरलाई निर्भिक, निश्चिन्त र भएरहित वातावरण सिर्जन गर्नको लागि सरकार तयार छ ।’

मन्त्री खड्काले फरक प्रसँगमा प्रहरी आईजिपिको विषय जहाँ पुगेपनि प्रहरी प्रशासन प्रमुखविहीन नरहेको प्रष्ट पारेका छन् ।

मधेशी मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड-नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन नगरेकोले बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे ।

उनले भने, ‘सरकार गठनको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखियो, त्यसैले बाध्य भएर हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं ।’

यद्यपी उनले चैत्र १५ गतेसम्म वर्तमान सरकारले संविधान संशोधन गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।

यादवले हालै सरकारले सार्वजनिक गरेको ७४४ वटा स्थानीय तह पनि आफूहरुले नमानेको र सरकारले नयाँ संरचना अनुसार गाउँपालिका तथा नगरपालिकाको कार्यालय उदघाटनको कार्यक्रम समेत बहिष्कार गर्ने र भद्र अवज्ञा गर्ने स्पष्ट पारे ।

उनले केन्द्रीय संसदको चुनाव गराउनु नै सुल्टो बाटो भएको स्पष्ट पारे । उनले भने, ‘पहिला केन्द्रीय संसदको चुनाव गर्नुपर्छ, यो नै सुल्टो बाटो हो, तर संविधान संशोधन त गर्नुपर्‍यो नि !, संविधान सर्वस्वीकार्य त बनाउनुपर्‍यो नि !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि