कसैलाई पनि एक पैसा कर छुट दिँदैनौंः अर्थमन्त्री


३ चैत, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने कुनै निर्णय नभएको दाबी गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा बिहीबार उपस्थित भएका अर्थमन्त्री महराले यसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘संसदीय समितिको निर्देशनको प्रतिलिपि समेत राखेर एसनसेलले छिटो निर्णय होस् भनेर प्रधानमन्त्रीलाई चिठी लेखेको रहेछ । यसबारे छलफल भएको हो तर, निर्णय भइसकेको होइन ।’
उनले अघि भने, ‘बाहिर जे आएको छ यो छलफल भएको विषयका रुपमा बुझ्नुपर्छ ।’

कर छली स्वीकार नभएको उनले बताए । कर छल्नेलाई कडा कारबाही हुने भन्दै उनले भने, ‘एक पैसा पनि कर नछोडी असुल उपर गर्नु अडान राख्दै आएको छौं ।’

आयकर ऐनले कर अति र कसले असुल गर्छ भन्ने प्रष्ट व्यवस्था रहेको भन्दै उनले भने, ‘यो हाम्रो अधिकार होइन । सरकार, मन्त्रिपरिषदले विशेष निर्देशन गर्न सक्छ । म कहाँ निवेदन आयो भने पनि निर्देशन दिनेमात्र हो । कर अधिकारीहरुले नै छानविन गरेर निर्णय गर्ने हो ।’

लेखासहित अर्थ र विकास समितिको निर्देशन मन्त्रालयले पाएको भन्दै उनले एनसेल खरिद बिक्री हुँदा बिक्रेताबाट पनि कर असुल गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित