कहिल्यै नगर्नुहोला यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्,

IMG_1067भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ ।

भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् ।
यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ ।
तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।

शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् । राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ ।

शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ ।

विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पापः कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।

समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो । तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।

शिवका लागि अक्षम्य पाप कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ ।

गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।

गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन । रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

लुम्बिनी विकास कोष नेतृत्वविहीन, प्रशासन ठप्प : कर्मचारी र भिक्षु आन्दोलित

रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास

बौद्ध दर्शन र वातावरणीय चेतना सम्बन्धि एक चर्चा

तारा निधि पन्त श्रावण १०, २०८२ “प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र