रबिन्द्र मिश्रलाई खुलापत्र ! पढेको मूर्ख बनेर जनतालाई दुख दिने काम नगरौ |

कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ?

रबिन्द्र मिश्र ज्यु, नमस्कारRabindra-MIsra

नेपाली बि बि सी कार्यक्रमका प्रमुख रबिन्द्र मिश्र ज्यु, तपाई मिठो बोल्नु हुन्छ , ईमान्दार देखिनु हुन्छ । मलाई तपाईँको व्यक्तिगत जिवन बारेमा राम्रो थाहा छैन । पत्रिका जगतमा ख्याती प्राप्त गर्नु भएको छ । त्यही ख्यातीको कारण तपाईँ प्रति महिनाको ७ लाखको तलब छोडेर नेपाली राजनीतिमा होमिन आउनु भयो । तपाईँले छोडेको जागिरको एक छेउ, एक लाखको तलब अरू नेपालीले पाउने भए ! म कति खुसी हुने थिए ।

कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ? तपाईँ हामीलाई पनि सुनाउनु होस् न त ! कि तपाईँ पनि एउटा नयाँ असन्तुष्टी समूहको साँठ गाँठमा विदेशीको छायाँमा एउटा राजनैतिक भागको खोजीमा त हैन !

तपाईँले नेपाली राजनीतिको गतिविधि छेउ देखी कुना पत्र पत्र बुझ्नु भएको छ । सयौ सँग अन्तरबार्ता लिनु भएको होला , धेरै नेताहरूको टिका टिप्पणी गर्नु भएको होला । तर चुनावको बेला आफ्नो ठुलै हैसियतको जागिर छोडेर राजनीति गर्न आएको भनेर फेसबुकमा तपाईँको ठुलो हल्ला चलेको छ । त्यसैलाई पढेर यो कलम चलाएको हु । मलाई लागेको कुरा तपाईँको राजनीतिक अस्त्र पत्रकारिताले देशको ठुलो नेता प्रधान मन्त्रीको सँग तपाईँको बिचार सिदान्त र अभिव्यक्ति सँग कोही झुकेको प्रमाण छ ? तपाईँ व्यक्तित्व प्रभाव र जुझारु पनलाई कसैले हृदय देखी तारिफ गरेको छ ? कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ? तपाईँ हामीलाई पनि सुनाउनु होस् न त ! कि तपाईँ पनि एउटा नयाँ असन्तुष्टी समूहको साँठ गाँठमा विदेशीको छायाँमा एउटा राजनैतिक भागको खोजीमा त हैन ! यदि साँच्चै तपाईँमा राम्रो भिजन छ भने देशको यस्तो दयनिय असहज परिस्थितिमा देशलाई अगाडी बढाउने निकास छ भने हातमा हात काँधमा काँध मिलाएर सबै राष्ट्र प्रेमी नेपालीहरूलाई एक बद्ध बनाउने अभियान चलाउनु होस् । दुर्गन्धित राजनितकि फोहरी खेलमा हाम फाली नहाल्नुहोस् । तपाईलाई सबैले सुझाव दिएका छन् । कुहिएको आलुको बोरा भित्र सद्घे आलु कुहिन धेरै बेर लाग्दैन । अहिले चुनावी हल्लामा तपाईँ नयाँ नायक बन्नु खोज्नु भएको छ ।

तपाईँले हिन्दी चलचित्र नायक अवश्य हेर्नु भएको होला । अनिल कपुरलाई जस्तै तपाईँलाई प्रधान मन्त्रीले चुनौती दिएको हो कि ? हामीलाई किन बे मौसममा आकाश गर्जियो भन्ने लागेको छ । चुनाव हुने स्वस्छ स्थिति छैन तर पनि चुनाव हुन्छ भन्छन् प्रधान मन्त्री , किन कसको लागी चुनाव गर्ने ? जनताले भोट दिने हो ! कसलाई दिने भोट ? नेपालीहरुले राणा शासनको ज्यादत्ती सहेका ईतिहास छ । पन्चायती ब्यवसथा, राजतन्त्र, फालेर प्रजातन्त्र भन्दै लोकतन्त्र, गणतन्त्र सम्म देखी सक्यौ अब के देख्न बाँकी छ ? १७ हजारको बलिदानको जनयुद्ध बाट प्रधान मन्त्री भएको पुष्पकमल दाहाल र बाबुराम प्रधान मन्त्री भएर शोषित पीडित जनताहरुका लागी के ग‍र्याे ? झुपडी र रोल्पा रुकुमका जनताले के पाए ? शहिद परिवार र क्रान्तिकारी योद्धाहरुले के पाए ? देशका नागरिकले के पाए ? देशले के पायो ? प्रश्न गर्ने धेरै ठाँउहरु छन् । जनताहरुले कुन आशाले चित्त बुझाउने ? नेता उसका परिवार सभासद् ,नेता कार्यकर्ताहरूको प्रगतिमा आम नेपालीले खुसी मनाउन पर्ने हो की ? भूकम्पको पिडा ! बस्ने घर र खान लाउन बन्दोबस्त छैन । चुनाव आयो भनेर जनताहरू कसरी रमाउने ? यावत कुराहरू थाती राखौ । अब तपाईँ कै कुरा तिर लागौ ।

पत्रकार भएर अन्तरबार्तामा प्रश्न सोध्न सक्छौ, तर देश चलाउन सक्छौ ? हावामा दिवा स्वप्न प्रधान मन्त्री भनेर सोच्न सक्छौ ? प्रधान मन्त्री भयौ भने के गर्न सक्छौ ? भनेर सोध्यो भने भावनामा प्रधान मन्त्रीको कार्य तालिका दिन सक्छौ ? कल्पनाको पहाड फोर्न सक्छौ ? तर यथार्थ यस्तो होइन । नेपाली इतिहास पदको लागी आफ्नै पार्टी भित्र बिभाजन, आफ्नै नेतालाई सत्ताच्युत, वर्ग शत्रु पार्टी सँग सत्ता गठबन्धन हामीले देखेका छौ । अब तपाईँको लागी नेपाली राजनीति त्यति सहज र विश्वास र भरोसा भएको क्षेत्र होइन । नेपाली राजनितीमा न त काम गर्नेलाई गर्न दिन्छ न त गलत व्यक्तिलाई नराम्रो भन्छ । जसको शक्ति उसको भक्ति । जसको हातमा लठ्ठी उसको हुन्छ भैसी ! यो देशमा प्रधान मन्त्री, मन्त्री मण्डल र संविधान सभा कठपुतली नाच भएको बेलामा तपाईँको राजनीतिक आगमन के हो ? तपाईँको बौदिक तार्किक निष्कर्ष र क्षमता के हो ? तपाईँको भिजन के छ ? अन्याय अत्याचार माथि निडर भएर औला उठाउने साहस तपाईँमा छ ? सत्यलाई सत्य झुठो लाई झुठो र राष्ट्रको लागी आवश्यक परे आफैलाई बलि दिने र जन समर्थन जुताउने तागत छ ? साथै जनताको साथ पाउने तपाईँ सँग सामर्थ के छ ? नबुझेर होमिएको हो वा बुझेर आएको हो ? अब हुने भनेको चुनावमा तपाईँको पार्टीले चुनाव भाग लिन सक्दैन ।

जनताहरूमा चुनाव हुन्छ भन्ने पक्का ग्यारेन्टी छैन । गा.बि.स. हरू नगर पालिका कुन कुन हुने हो ? कुन नगर पालिकामा कुन कुन गा.बि.स. जोडिने हुन् यकिन छैन । चुनाव कसरी कहाँ हुने हो ? जनताहरू रण भुल्लमा छन् । तपाईँ जागिर छोडेर आउनु भयो । अब तपाईँ भन्नुस् । नेपाली जनताहरुको इच्छा आकाक्षा विश्वास जित्ने नेपालीहरूको मनोकामना पुरा गर्ने तागत तपाईँमा के छ ? बाबुराम भटराईले जस्तै बिद्धान कहलेर जनयुद्धमा जनताहरू धकलेर अहिले न वारी भित्तो न पारी भित्तो ! न जनताको कुरा सुन्न सक्नु, न आफूले जनताहरुलाई बुझाउन सक्नु, पढेको मूर्ख बनेर जनतालाई दुख दिने काम नगरौ ! आदर्शका कुरा मिठा हुन्छन् । राजनीतिक फोहरी खेलमा जनताहरुलाई सतर्कता बुद्धिजिवीहरुले घच घच्याउनु पर्छ । स्थानीय निकाय चुनाव आवश्यक छ । तर तारतम्य बिना चुनाव गर्न सक्छौ भन्ने तर चुनावको पूर्वाधार बिना नै अघि बढने नीतिले पक्कै फाइदा पुर्याउदैन । संयम हुन सिकाउनु पर्दछ । बुझाउनु पर्छ । आफै पोखरीमा डुबेर अरूलाई बचाउन सिकाउनु हुँदैन ! सत्ता घुमाई फिराई आफ्नो हातमा पार्ने धुर्त नेताहरुको अगाडी त्यती सजिलै राजनितिक स्थान पाउन सकिने छैन, तर नेपाली राजनितीमा देश बचाउने पार्टीको खाँचो छ । शुभकामना ! ! !

हाम्रो दमकबाट सभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको