काठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी बैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ ।
आइतबार क्रान्तिकारी माओवादी केन्द्रीय सचिवालय समितिको बैठकले बैशाख ३१ मा स्थानीय निर्वाचन हुनै नसक्ने निश्कर्ष निकाल्दै निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सरकारद्वारा आगामी बैशाख ३१ गते चुनावको मिति घोषणा गरिएकोमा वर्तमान राज्यसत्ता तथा व्यवस्था पक्षधर राजनीतिक शक्तिहरुकाबीच अन्तरविरोध चर्कदै गएको, उनिहरु आफैले बनाएको संविधान पनि पहिले प्रदेशको निर्वाचन गरी स्थानीय निर्वाचन गर्नुपर्नेमा सो, नभएकाले हाम्रो पार्टी यस प्रकारको स्थिति र सो मितिमा गरिने निर्वाचन अौचित्य हीन रहेको ठहर गर्दछ ।’
वैद्यले विज्ञप्तिमा नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको बताएका छन् । विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।
अध्यक्ष मोहन वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।
बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा