देउवाले ठाकुरलाई भने, ‘संविधान संशोधनपछि मात्रै निर्वाचन’

sher-bahadur-deuba-z-21_xrDY8xW5z5-750x501कांग्रेस भित्र संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने मत प्रबल बनेको छ। पार्टीका आन्तरिक छलफलमा यस्तो मत प्रष्ट रुपमा प्रकट भएपछि पार्टी सभापति शेरबहादुर देउवा संविधान संशोधनको पक्षमा दुई तिहाई मत पुर्‍याउने गृहकार्यमा जुटेका छन्। देउवाले आइतबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै निवासमा बोलाएर संविधान संशोधनपछि मात्रै निर्वाचन हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरे। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

देउवाले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधनको पक्षमा दुई तिहाई मत पुर्‍याउने गृहकार्यमा जुटेको भन्दै आफूहरुको कसरतलाई मोर्चाले समर्थन फिर्ता लिँदा नकारात्मक असर पर्ने देउवाको भनाई थियो। देउवाले त्यस्तो निर्णयमा पुर्नविचार गर्न ठाकुरसंँग आग्रह गरे। संविधान संशोधनमा दुई तिहाई पुर्‍याउनकै लागि राप्रपा अध्यक्ष कमल थापालाई मन्त्रिपरिषदमा ल्याइएको र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसमेत आउने तर्खर भईरहेको देउवाले ठाकुरलाई बताएका थिए।

देउवाले हाल प्रतिपक्षी मोर्चामा रहेका अन्य साना दलहरुलाई पनि संशोधनको पक्षमा ल्याउन कुराकानी भईरहेको भन्दै ठाकुरलाई आश्वस्त तुल्याउने प्रयास गरेका थिए। ‘देशको राजनीतिक निकासकै लागि कांग्रेस, माओवादी र मोर्चाबीच समीकरणमा सरकार गठन भएको हो।

सरकारले संविधान संशोधन प्रकृया अघि बढाउँदैछ,’ ठाकुरसँगको वार्तामा सहभागि कांग्रेस केन्द्रीय सदस्य फरमुल्ला मंसुरले देउवाको भनाई उद्धृत गर्दै भने, ‘तपार्इंहरु पनि लाग्नुहोस्, हामी पनि लागिरहेका छौं, अब संविधान संशोधनर गरेर मात्रै चुनाव हुन्छ।’ करिब डेढ घण्टाको वार्तालापमा देउवाको बारम्बारको आग्रह सरकारलाई दिएको समर्थन फिर्ता नलिनु भन्नेमा केन्द्रित थियो। तर, तमलोपा अध्यक्ष ठाकुर देउवाको भनाईबाट आश्वस्त हुन सकेनन्।

उनले निर्वाचनको मिति फिर्ता लिई संविधान संशोधनको प्रकृयालाई अघि बढाउनु पर्ने मोर्चाको पुरानै बटम लाईन देउवासँग दोहोर्‍याए। मंसुरका अनुसार ठाकुरले देउवासँग दुई सर्त राखेका थिए। पहिला संविधान र दोस्रो स्थानीय तहको पुर्नसंरचनाको संशोधन थियो। अब संविधान संशोधनले मात्रै नपुग्ने उनको भनाई थियो। स्थानीय तहको पुर्नसंरचनाले मधेसी भावना नसमेटिएको तर्क गर्दै ठाकुरले त्यसको पनि संशोधन आवश्यक रहेको बताएका थिए। ‘यी दुवै संशोधन नभएसम्म निर्वाचन हुन गाह्रो छ। सरकारलाई समर्थन दिईराख्न पनि गाह्रो हुन्छ,’ ठाकुरको भनाई उद्धृत गर्दै मंसुरले भने। देउवाले स्थानीय तहको हकमा संख्या बढाउन सकिने जबाफ दिएका थिए। यसअघि देउवाले दुई तिहाई मत पुर्‍याउन नसकिने भन्दै संविधान संशोधन विधेयकलाई स्थगनमा राखेर भए पनि निर्वाचनमा जानुपर्नेमा जोड दिदै आएका थिए।

त्यसपछि मधेसमा भएको घटना र पार्टीकै नेताहरुको दबाबले देउवा पनि संविधान संशोधन विना निर्वाचन गराउन नसकिने निष्कर्षमा पुगेका हुन्। अहिले उनी संविधान संशोधन विधेयकलाई अघि बढाउन मात्रै भनिरहेका छैनन्, दुई तिहाई पुर्‍याउने राजनीतिक खेलमा समेत क्रियाशील हुन थालेका छन्। ‘सभापतिले दृढताका साथ संविधान संशोधन विधेयक पारित गराएरै छाड्ने प्रयास थाल्नु भएको छ,’ मंसुरले थपे, ‘संविधान संशोधन भएपछि मात्रै सबै राजनीतिक दल निर्वाचनमा सहभागि बन्ने वातवरण बन्छ। नत्र मेधसलाई उपेक्षा गरेर निर्वाचनमा जान सकिन्न भन्नेमा कांग्रेस पुगेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार