३० फागुन, काठमडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा निर्वाचन आयोगले दिएका निर्देशनहरुदेखि भारतीयको गोली लागेर शहीद भएका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएकोसम्मका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै, पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यानसर र एड्स भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
भारतविरोधी नारासहित शहीद गोविन्द गौतको अन्त्येष्टि भएकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ । सहकारीले घरबासै उठिबास लगाएको स्टोरी पनि प्राथमिकताका साथ प्रकाशित छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जनुहुने भएको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नुहुने खबर आजको नेपाल समाचारपत्रमा छ ।
निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उहाँका प्रस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।
‘पूर्व जर्नेल र कर्नेललाई अबकाशपछि पनि मस्ती’ हुने भन्दै नागरिक दैनिकले महत्वका साथ समाचार छापेको छ । त्यस्तै पर्यटनमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै कर्मचारीहरुलाई आधा अर्ब बोनस बाँडेको समाचारले पनि महत्व पाएको छ ।
कान्तिपुर दैनिकमा निर्वाचन आयोगले चैत ३ गतेभित्रै स्थानीय तहमा कर्मचारी पठाउन निर्देशन दिएको समाचारले प्राथमिकता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संविधान संशोधनपछि मात्रै निर्वाचन हुने बताएको समाचारले पनि महत्व पाएको छ ।
निर्वाचन आयोगको व्यस्तता बढेको समाचारलाई महत्व दिएको राजधानी दैनिकले सिन्धुपाल्चोकमा दुई वर्षमा २२ घर मात्रै बनेको समाचारलाई एंकर बनाएको छ । संविधान संशोधन गर्न तिव्र प्रयास भएको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार