कञ्चनपुर घटनाबारे मोदीका सुरक्षा सल्लाहकारको प्रधानमन्त्रीलाई फोन

timthumbकञ्चनपुरमा  भारतीय सीमा सुरक्षा बलको गोली लागी नेपाली नागरिकको ज्यान गएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन्। सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

टेलिफोनमा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवम् मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव भएका जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री  दाहालसँग अनुरोध गरेका थिए। टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए। प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्रीले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल