कञ्चनपुरका विभिन्न ठाँउमा भारतीय नम्बर प्लेटका गाडीहरु तोडफोड तथा आगजनी गरिदै : फोटो फिचर

15133677_655515704632852_576908695_o-750x422कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारमा भारतीय एसएसबीले हतियार सहित आएर धम्याएपछी आक्रोशित बनेका जनताले ढुंगामुढा गरेपछि भारतीय एसएसबीको गोलीबाट पुनर्वास नगरपालिका – ८ का गोविन्द गौतमको मृत्यु भएको छ ।

कञ्चनपुरका विभिन्न ठाँउमा भारतीय नम्बर प्लेटका गाडीहरु तोडफोड तथा आगजनी गरिदै छ । महेन्द्रनगरमा आनन्द होटल अगाडी DL9CD4463 नम्बरको गाडी जालाइएको छ । आक्रोशित अज्ञात समूहले पुनर्वासको आइबीआरडिमा पनि भारतीय नम्बरको ट्र्यकटर जलाएका छन ।

त्यस्तै थुप्रै ठाँउमा तोडफोड तथा विरोध कार्यक्रम गरिएको छ । अहिले पनि पुनर्वास तनावग्रस्त बनेको छ । शुक्रबार आइबीआरडि लगायतको एरियामा जुलुस निकालिन लागेको स्थानीय सागर गैरेले बताएका छन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष लोकेन्द्र लम्सालले मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै शबलाई फुलमाला सहित बजार परिक्रमा गराउनु पर्ने बताए । जिल्ला स्थित राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, तथा माओवादी केन्द्र कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरेको छ ।

नेपालका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुवंर, प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्द लगायतको टोलिले भारतीय डि.यम. आकाश दिप लगायतको संग तीन बुँदे सहमति गरेको छ । सहमतिमा पहिलो तत्कालका लागि सो क्षेत्रबाट आवतजावत बन्द गर्ने, दोस्रो कल्भर्ट निर्माण कार्य हालका लागि रोकी सिमा छुट्याउन यथासिघ्र दुबै देशले पहल गर्ने र तेस्रो हत्याको अनुसन्धान गरि दोषीलाई कारबाहि गर्ने । गोलि चलाउनेको नाम सर्बेन्द्र सुक्ला रहेको स्रोतले बताएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली जनता तथा प्रहरी माथी १२ राउण्ड गोलि प्रहार गरेको थियो भने नेपाल ससस्त्र प्रहरी पछि हटेको थियो ।

एसएसबी र भारतीय स्थानीयको आक्रमणबाट २ दर्जन भन्दा बढी स्थानीय घाइते, आधा दर्जन भन्दा बढी नेपाल प्रहरी र ससस्त्र प्रहरी घाइते भएका छन । नेपाली बजार आनन्द बजार मै घुसेर हतियार सहितका एसएसबीले नेपाली नम्बरको दुई मोटरसाइकल तोडफोड गरेका छन । दुई वटा घरमा तोडफोड गरका छन । घरमा भएको दराज, कुर्सी टेबल सबै केही लगेका छन भने केहि तोडफोड गरेका छन । वार्ता गर्न आएका प्रमुख जिल्ला अधिकारीलाई आक्रोशित जनताले मुर्दाबादको नारा लगाउदै २ घण्टा सम्म घेराउ गरि ढुंगामुढा प्रहार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि