फागुन २७, २०७३ जाजरकोट : जिल्ला सदरमुकाम खलङ्गाबाट साल्म गाविस खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुवाहक बस बिहीबार छिन्चु–जाजरकोट सडकखण्डको बोहरा गाउँनजिकै दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ। घटनामा परी ३८ जना घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा १५ जना र उपचारका क्रममा ९ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले दिए। तेईसजना यात्रु लिएर ५ बजे बसपार्कबाट छुटेको ५ मिनेटमै गाडी दुर्घटनामा परेको हो।
बसपार्कबाट करिब ४ किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका ४ बोहरागाउँनजिकै जंगलको मोडबाट ३ सय मिटर तल पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको छ। बाटोमा यात्रु थप्दै हिँडेको बसमा कम्तीमा ६२ जना सवार रहेको प्रहरीको भनाइ छ। थोत्रो बस, यात्रुको अत्यधिक चाप, ओरालोमा तीव्र गतिमा कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताए। घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। बेड अभावमा अस्पतालको खुला चौरमा घाइतेको प्राथमिक उपचार गरिएको थियो।
गोरु तिरुवा, मजकोट ७, घाइते
सिट भरिएर क्याबिन र कोलिया पूरै भरिएको थियो। कोलियामा यात्रु उभिएका थिए। बस तीव्र गतिमा हुइँक्याइएको थियो। बस छुटेको ५ मिनेट मात्र भएको थियो। एक्कासि बम पड्केको जस्तो आवाज आयो। अस्पताल आएपछि मात्र आफू घाइते भएको थाहा पाएँ। परिवारका ८ जना सँगै बस चढेका थियौं। अरू कहाँ छन्, के भयो, केही थाहा छैन।
बिना खत्री, कार्कीगाउँ ३, घाइते
बसमा कोचाकोच यात्रु थिए । निकै थोत्रो बसमा पाइला टेक्नेसम्म ठाउँ नराखेर यात्रु कोचेपछि सुरुमै डर लागेको थियो। छुटेको ५/७ मिनेटमै गाडी दुर्घटनामा परिहाल्यो। ओरालो बाटो मोडमा बस नमोडिएर सीधै भिरमा खस्यो। खुट्टामा सामान्य चोट लागेकाले आफैं हिँडेर सडकमा आएँ। त्यसपछि सेनाको गाडीले हस्पिटल ल्यायो। कडा चट्टाने भीरमा सीधै खसेको बस नै टुक्राटुक्रा भएको छ।
चन्द्रबहादुर भारती, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी
अफिसको काम सकेर घर फर्कंदै थिए। मेरो घर अफिसदेखि करिब १० किलोमिटर टाढा पर्छ । बसमा खुट्टा टेक्नेसम्म ठाउँ थिएन। घर पुग्न हतारले त्यही बसमा उभिएको थिएँ। बसले चार किलोमिटर मात्र पार गरेपछि मोड आयो। त्यो मोडबाट बस सीधै भिरमा खस्यो। मानिसहरू एक्कासि चिच्याएको र ठूलो आवाज आएकोसम्म थाहा पाउँछु।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष