खोलामा खसेर टुक्राटुक्रा भयो बस, यस्तो रहेछ दुर्घटनाको कारण

jajarkot_w3jCIEGkGI-750x563फागुन २७, २०७३ जाजरकोट : जिल्ला सदरमुकाम खलङ्गाबाट साल्म गाविस खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुवाहक बस बिहीबार छिन्चु–जाजरकोट सडकखण्डको बोहरा गाउँनजिकै दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ। घटनामा परी ३८ जना घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा १५ जना र उपचारका क्रममा ९ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले दिए। तेईसजना यात्रु लिएर ५ बजे बसपार्कबाट छुटेको ५ मिनेटमै गाडी दुर्घटनामा परेको हो।

बसपार्कबाट करिब ४ किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका ४ बोहरागाउँनजिकै जंगलको मोडबाट ३ सय मिटर तल पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको छ। बाटोमा यात्रु थप्दै हिँडेको बसमा कम्तीमा ६२ जना सवार रहेको प्रहरीको भनाइ छ। थोत्रो बस, यात्रुको अत्यधिक चाप, ओरालोमा तीव्र गतिमा कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताए। घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। बेड अभावमा अस्पतालको खुला चौरमा घाइतेको प्राथमिक उपचार गरिएको थियो।

अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालकी प्रमुख डा. चाँदनी जैसवालले बताइन् । थप उपचारका लागि २८ जना गम्भीर घाइतेलाई चौरजहारीस्थित मिसन अस्पताल पठाइएको छ। घाइतेको थप उपचारका लागि हेलिकोप्टरबाट राति नै नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । बसको झ्यालबाट हामफालेर बाँचेका रुकुम चौरजहारीका प्रदीप लामिछानेले यात्रुको चाप अधिक रहेको थोत्रो बस ब्रेक फेल भएर दुर्घटनामा परेको बताए। गाडीचालक टोपबहादुर चन्दले ब्रेक फेल भएकाले दुर्घटना भएको बताए।

गोरु तिरुवा, मजकोट ७, घाइते

सिट भरिएर क्याबिन र कोलिया पूरै भरिएको थियो। कोलियामा यात्रु उभिएका थिए। बस तीव्र गतिमा हुइँक्याइएको थियो। बस छुटेको ५ मिनेट मात्र भएको थियो। एक्कासि बम पड्केको जस्तो आवाज आयो। अस्पताल आएपछि मात्र आफू घाइते भएको थाहा पाएँ। परिवारका ८ जना सँगै बस चढेका थियौं। अरू कहाँ छन्, के भयो, केही थाहा छैन।

बिना खत्री, कार्कीगाउँ ३, घाइते

बसमा कोचाकोच यात्रु थिए । निकै थोत्रो बसमा पाइला टेक्नेसम्म ठाउँ नराखेर यात्रु कोचेपछि सुरुमै डर लागेको थियो। छुटेको ५/७ मिनेटमै गाडी दुर्घटनामा परिहाल्यो। ओरालो बाटो मोडमा बस नमोडिएर सीधै भिरमा खस्यो। खुट्टामा सामान्य चोट लागेकाले आफैं हिँडेर सडकमा आएँ। त्यसपछि सेनाको गाडीले हस्पिटल ल्यायो। कडा चट्टाने भीरमा सीधै खसेको बस नै टुक्राटुक्रा भएको छ।

चन्द्रबहादुर भारती, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी

अफिसको काम सकेर घर फर्कंदै थिए। मेरो घर अफिसदेखि करिब १० किलोमिटर टाढा पर्छ । बसमा खुट्टा टेक्नेसम्म ठाउँ थिएन। घर पुग्न हतारले त्यही बसमा उभिएको थिएँ। बसले चार किलोमिटर मात्र पार गरेपछि मोड आयो। त्यो मोडबाट बस सीधै भिरमा खस्यो। मानिसहरू एक्कासि चिच्याएको र ठूलो आवाज आएकोसम्म थाहा पाउँछु।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल