तीन जना गुमाएको सप्तरी: जहाँ रुवावासी बाहेक केही देखिँदैन

death-maleth-768x366

फागुन २५  |  सप्तरी– सप्तरीको मलेठ गाउँ । तीन दिनदेखि सुनसान छ । सोमबारयता यो गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन । कसैलाई खान मन पनि छैन । कसैलाई बोल्न पनि मन छैन । पुरै गाउँ शोकमा डुवेको छ ।

सोमवारको गोली काण्डपछि सप्तरीको मलेठ गाउँ शोकमा यसरी डुवेको हो । एमालेको मेची –महाकाली अभियान विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि मलेठ गाउँकामात्रै तीन प्रदर्शनकारीको मृत्यु भएपछि यो गाउँमा आक्रोशमिश्रित शन्नाटा छाएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएका चारमध्ये तीनजना मलेठ गाविसकै वासिन्दा हुन् ।
यो गाउँका २१ वर्षिय रंजन मेहता, ४४ वर्षिय पिताम्वर मण्डल र ३० वर्षिय विरेन्द्र मेहताकोे गोली लागेर मृत्यु भएको थियो ।

मलेठ गाविसकै अन्य दुईजना अझै गम्भीर घाइते छन् । प्रहरीको गोली लागेर गम्भिर घाईते भएका ती दुईको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । मलेठमात्र हैन, प्रहरीको गोली लागेर मृत्यु भएका आनन्द साहको गाउँ ‘प्रशवनी’ पनि शोकमा डुवेको छ ।mehtafamily-3-768x432

चारै जनाको शव अहिले धरानस्थित प्रतिष्ठानको शव गृहमा राखिएको छ । होलीको तयारीमा जुटेका गाउँलेहरु एकाएक भएको यो दूःखद् घटनाले शोकमग्न बन्नु स्वभाविक नै हो । आफ्नो परिवारका सदस्य गुमाएपछि उनीहरुलाई होलीको उत्साहको कुनै पर्वाह छैन ।
वुधवार विहान रातोपाटी सम्बाददाता मलेठ गाउँ पुग्दा गाउँभर कतैपनि चुलो वलेको दृष्य देखिएन ।

बरु, देखियो त मृतक र आफन्तको घरमा रुवावासी । त्यो दृश्य केही कैद पनि गरियो । तर पीडामा परेकाहरुको दृश्य बेच्नुमात्रै थिएन सम्बादताको उदेश्य । उनीहरुका आवाज पनि दुनियाँलाई सुनाउनु थियो, देखाउनु थियो । तर, पीडामा परेका उनीहरु खुलस्थ कुरा गर्न सक्ने अवस्थामा थिएनन ।

‘सोमबारयता कसैले केहि खाएका छैनन’ मृतक मण्डलका बृद्ध पिता गोसाई मण्डल भक्कानिदै भन्छन्, ‘ आफुलाई पाल्ने परिवारका सदस्य ढुकुर मारेझै मरेका छन् अव हामी बाच्नुको औचित्य नै के छ र ?’ उनी मात्र होइन, हामीले भेटका स्थानीय जगजीवन यादवले पनि त्यसै भने ‘गाउँमा कोही बोल्न सक्ने अवस्थामै छैनन् कति त अर्धचेत अवस्थामै छन् । यस्तो दृश्य देखे र सुनेपछि अन्य घाईते र मृत्यु भएकाहरुका आफन्तलगायत कसैको पनि चुलो वलेको छैन

सम्बाददाताले प्रहरीको गोली लागेर मृत्यु भएका रंजन मेहताको परिवारसँग पनि केहीबेर कुराकानी गर्यो । मेहताका दाजु संजन र पिता लक्ष्मण मेहतालाई भेट्दा उनीहरु निरासमात्र होइन, निकै कमजोर पनि देखिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका