सुनसरी – संघीय समाजवादी फोरम नेपालकी नेतृ एवं पूर्वसभासद् सविता यादवले नेकपा एमाले कार्यकर्तामाथि जुत्ता प्रहार गरेकी छिन् । इटहरीबाट आएर इनरवामा कार्यक्रम गर्न पुगेको एमालेको सवारीको सबभन्दा अगाडीको गाडी (रथ) माथि नेतृ यादवले रहेका कार्यकर्तामाथि जुत्ता प्रहार गरेकी हुन् ।
विहान ११ बजे भएको सो घटनापछि एकछिन मधेशी मोर्चा र कार्यकर्ताबीच झडप पनि भएको थियो ।
झडपमा उनी घाइते पनि भएकी छिन् । अस्पतालबाट उपचार गराई घर फर्केकी यादवसँग यस विषयमा गरिएको कुराकानीको अंशः

सभासद्जस्तो पदमा बसिसक्नु भएका तपाईंजस्तो व्यक्तिले कुनै पार्टीको कार्यकर्तामाथि जुत्ता प्रहार गर्न मिल्छ ?
–किन मिल्दैन ? मिल्छ । अधिकारका लागि सभासद् भएको थिएँ तर खोइ अधिकार ? केपी ओलीका कारण मधेशी जनताले अधिकार पाएका छैनन् । उनी अधिकार लिनुछ भने विहार जा भन्छन्, सविधान संशोधन हुँदैन भन्छन् अनि जुत्ता नहान्नु त के हान्नु ।
जुत्ता हानेपछि अधिकार पाइन्छ त ?
केही गरे पनि उनीहरुले अधिकार दिनेवाला छैनन् अब अन्तिम लडाई यही हो । अब जुत्ता हानेर वा जो हानेर हुन्छ अधिकार लिइन्छ ।
जुत्ता नै प्रहार गर्ने अवस्था किन आयो त ?
मरता क्या नही करता । जब मान्छेमाथि आइ लाग्छ अनि जाई लाग्नुपर्छ । मैले कुनै शौखले यो गरेकी होइन । तपाईं नै विचार गर्नुस् मेरो मनभित्र कस्तो ज्वाला दन्केको होला अनि म यो व्यवहारमा उत्रेकी हुँला । हामी संविधान निर्माण हुनुभन्दा पहिलेदेखि नै सविधानमा आफ्नो अधिकार लेखाउनका लागि आन्दोलन गरेका थियौँ तर उनीहरुले जवर्जस्ती संविधान बनाए । हामीले भन्यौ, त्यसलाई संशोधन गर । उनीहरु सविधान संशोधन गर्न तयार पनि भए तर एमालेले कुनै पनि हालतमा संविधान संशोधन हुँदैन भनिरहेको छ । संविधान संशोधन नै नगरिकन जवर्जस्ती चुनावको मिति घोषणा गरिएको छ, अब तपाई नै भन्नुस् हामी के गरौं ?
कुनै दलले शान्तिपूर्ण कार्यक्रम गरिरहेको छ भने गर्न दिनुपर्छ नि । यो त उनीहरुको अधिकार होइन र ? किन अवरोध गर्नुभएको त ?
– मधेशीलाई अधिकार नदिने एमालेलाई पनि मधेशमा आउने अधिकार छैन क्लियर कुरा । अधिकार लिने हो भने विहार जाउ भन्छन् भने हामी पनि भन्छौ, कार्यक्रम गर्नुछ भने विहार जाऊ ।
जुत्ता प्रहार गर्ने कार्यक्रम थियो कि त्यसै आवेगमा आएर हान्नुभयो ?
यो आवेगमा होइन, सुझबुझको आधारमा गरिएको हो । रणभूमिमा गएपछि सबै अस्त्र तयार राख्नुपर्छ र आइपरेको बेलामा प्रयोग गर्नुपर्छ । मैले पनि त्यसै गरेको हुँ । मेरो योजना त केपी अोलीलाई नै हान्ने योजना थियो तर उहाँ पुरै सुरक्षाघेराभित्र भएका हुनाले त्यहाँ जान सकिएन ।
फालिएको जुत्ता पाउनु भयो त ?
–अहँ त्यही गाडीमा गयो ।
कतिको जुत्ता थियो ?
–हाँस्दै । नाई यो कुरा पनि भन्ने खालको हो र । यसको पनि समाचार बनाउनु हुन्छ कि क्या हो ?
भन्नुस् कतिको थियो ?
–त्यही हजार १२ सयको थियो
हान्छु नै भनेर सस्तो लगाएर आउनु भएको थियो कि क्या हो ?
–हो
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार