March 5, 2017

टिपरले लिन्छ ज्यान : टिपर गराउँछन् धेरै र डरलाग्दो दुर्घटना, सजाय फितलो

फागुन २२,काठमाडौं – घटना १ : फागुन १३ गते पेप्सीकोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए ।

घटना २ : फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । उपचारको क्रममा उनको निधन भयो ।
घटना ३ : फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।
घटना ४ : माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए । उपचारको क्रममा उनको मृत्यु भयो ।
घटना ५ : माघ १२ गते भक्तपुरबाट काठमाडौं आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भए ।

उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका केही प्रमुख घटना हुन् यी ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो टिपर चालकको ‘लापरबाही’ । अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ । यसको सिकार साना सवारी हुने गरेका छन् ।

‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए ।
यस्तो छ सजाय
कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भएपनि आधिकांश चालकलाई निश्चित जरिबाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको