आजको पत्रिकाहरुका मुख्य समाचारहरु

IMG_9921२० फागुन, काठमाडौं ।

स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का बर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

सुदूरपश्चिममा भने भारतीय भू भागबाट भित्रिएको पश्चिमी वायुको प्रभावले मौसम धुमिएर बर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पश्चिमी वायुको प्रभाव आज पनि मध्य र पूर्वी भेगमा समेत पर्न सक्ने मौसमविदहरुको ठहर छ । प्रि-मनसुन सुरु भइसकेको र यस्तो बेला छोटो अवधिमा मौसम बदलिएर क्षणिक बर्षा हुन सक्छ । प्राय अपराहन्नको समयमा यस्तो गतिविधि देखिने गर्दछ ।

काठमाडौंमा जारी दोस्रो लगानी सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरुले वैदेशिक लगानी भित्राएर मुलुकको आर्थिक समृद्धि गर्न प्रतिवद्धता व्यक्त गरेको समाचारलाई शुक्रबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा महत्वका साथ स्थान दिएका छन् । त्यस्तै सर्वोच्च अदालतले सरकारसँग तीनवटै निर्वाचनको कार्ययोजना माग गरेको समाचारलाई पनि सबैजसो पत्रिकाले फ्रन्टपेजमा छापेका छन् ।

सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको खबर आजको नागरिकमा छ ।IMG_9934

अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ । विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दा समेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो ।

विभागका प्रवत्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केहि समय ढिलाइ भएको हो ।

यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो ।

काठमाडौं – विगत केही महिनादेखि मलेसिया जाने कामदारसँग विभिन्न शिर्षकमा असुल भइरहेको रकम अब रोजगारदाता कम्पनीले नै बेहार्ने भएका छन् ।

लामो समयदेखि मलेसिया जाने कामदारले विभिन्न संस्थाका नाममा तिर्दै आएका करिब १३ हजार एक सय रुपैयाँ रोजगारदाता कम्पनीले बेहोर्ने गरी सरकार र व्यवसायीबीच सहमति भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

लामो समयदेखि नेपालमा विभिन्न संस्था खोलेर मलेसिया जाने कामदारसँग १३ हजारभन्दा बढी असुल भइरहेको थियो । कामदारले वान स्टेप सेन्टर (ओएससी), इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) र माइग्रामका नाममा अतिरिक्त रकम तिर्दै आएका थिए ।

यससँगै नयाँ पत्रिका दैनिकले सुन तस्करीमा राजधानीका सुन पसलेहरु नै संलग्न भएको समाचारलाई प्राथमिकता दिएको छ । नयाँ सत्तासमीकरण बनाउन कसरत भएको समाचारलाई महत्वको दिएको अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएकोलाई पनि उल्लेख गरेको छ ।

 

फोनमा धेरै बेरा कुरा गर्नु हानीकारक भएको समाचारलाई नागरिक दैनिकले महत्व दिएर छापेको छ । कान्तिपुर दैनिकमा भर्ना हुँदा छत्र बढी हुने तर परीक्षा दिँदा छात्रा बढी भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा एक वर्षमा ३० हजार चार सय ७६ अपराध भएको समाचार प्रकाशित छ । वैदेशिक रोजगारी विभागमा एक हजार भन्दा बढी उजुरी परेको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।

स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको बर्चस्व कायम भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र