स्ववियु सभापतिकी चुनाव हारेपछि नेविसंघकी २१ बर्षीय नेतृले गरिन् आत्माहत्या

2017-03-02_1534काठमाडौं : स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्। नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। मतपरिणाम आइसकेपछि २१ वर्षकी उनले झुन्डिएर आत्महत्या गरेको स्याङ्जा प्रहरीले जनाएको छ।

बुधबार भएको चुनावमा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले विजय हासिल गरेकी छिन्। पारिवारिक स्रोतले बताएअनुसार चुनावमा पराजित भए पनि क्षेत्रीले दुखमनाउ भने गरेकी थिइनन्। मतपरिणामपछि उनी विजयी अन्य विद्यार्थी संगठनको जुलुसमा सहभागी थिइन्। पारिवारिक स्रोतका अनुसार उनले हारपछि ‘अर्को पटकको स्ववियु चुनावमा मैले नै टिकट पाउँछु र जितेर देखाउँछु’ भनेकी थिइन्।

आज बिहान परिवारका सदस्यसँग उनले सामान्य अवस्थामै कुराकानी गरेकी थिइन्। चिया खाएर बुवाआमा मेलापात गएपछि ‘अबिर लागेकाले नुहाउँछु’ भन्दै बाथरुम छिरेकी थिइन्। बुवाआमा घर फर्केर आउँदा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

उनले उम्मेदवारी दिएपछि प्रेमी भने असन्तुष्ट रहेको र चुनावमा नलड्न आग्रह गर्दै आएको स्रोतले बतायो। आत्महत्याको कारण बारे पोस्टमार्टमपछि मात्र थप भन्न मिल्ने एसपी बेदबहादुर बोगटीले पहिलोपोस्टलाई बताए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको