६ महिनामा साढे ४ प्रतिशत विद्युत् चुहावट नियन्त्रण स् कुलमान घिसिङ

ghising-750x448काठमाडौं, फागुन १९ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ६ महिनाको अवधिमा साढे ४ प्रतिशत विद्युत् चुहावट नियन्त्रणमा आएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा घिसिङले उपभोक्ताको सहयोग पाउँदा माग बढी हुने समयमा पनि विद्युत् आपूर्ति सहज भएको बताए ।

उनले हाल विद्युत् संकटको व्यवस्थापनमात्रै भएको भन्दै यसलाई संस्थागत गर्न ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि सारिएको बताए ।

उनले विद्युत् प्राधिकरणले बनाउन लागेका सबै आयोजना कम्पनी मोडलमा बनाउन सबै आयोजना कम्पनीमा दर्ता भइसकेको पनि जानकारी गराए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले २४सै घन्टा विद्युत् आपूर्ति हुँदा लोड कम हुँदै गएको बताए । लोड कम गर्ने योजनामा आफूहरु सफल भएको उनको भनाइ थियो ।

ऊर्जा उत्पादकहरुले भने १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनाका लागि सरकार र उत्पादकबीच सहकार्यमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने