काठमाडौ, फागुन १८ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले केहि समयदेखि विभिन्न व्यक्ति तथा समूहरुलाई कारबाहि गर्ने चेतावनी दिदै आएको छ । केहि समय अगाडि विप्लवको कार्यक्रताहरुले लोकमान सिंह कार्कीलाई सर्वाेच्च परिसरमै कालो मोसो समेत दलेका थिए । पछिल्लो समय विप्लवले नेपाली युवा (युवतीलाई विदेशमा बेच्ने म्यानपावर कम्पनीलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
‘अपमानजनक कामका निम्ति हाम्रा दिदीबहिनी विदेशमा बेच्ने म्यानपावरहरु सचेत होऊन्, माओवादी पार्टीका तर्फबाट त्यस्ता म्यानपावर ध्वस्त पारिन्छ । जीपीएमजी बोक्ने हाम्रा दिदीबहिनीहरु यस्ता हर्कतलाई चुपचाप सहेर बसिरहन सक्दैनन्’ विप्लवले भने । महासचिव विप्लवले नेपाली युवा(युवतीहरुको बिक्री भइरहेको बताउँदै राज्य सञ्चालकहरु भने निर्लज्ज तरिकाले युवाहरुको रगत पसिनाबाट भित्रिएको रेमिट्यान्सबाट नयाँ–नयाँ गाडी चढिरहेको बताए । उनले आफ्नो पार्टीले युवा(युवतीलाई विदेशमा बेच्ने र रगत पसिना चुस्ने दुबैलाई कारवाही गर्ने चेतावनी समेत दिए । विप्लव पार्टीले केहि समय अगाडि रोल्पको लिवाङ्मा पार्टीको महाधिवेशन समेत गरेको थियो । महाधिवेशनबाट विप्लवले पार्टीको नाम समेत परिवर्तन गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली