प्रस्तावित संशोधन प्रस्ताब होल्ड गर्दे अर्को प्रस्ताब पेश गरे प्रधानमन्त्रीले

Prachanda-6१७ फागुन, काठमाडौं । संविधान संशोधन विधेयक स्थानीय चुनाव नहुँदासम्म ‘होल्ड’ गरिने भएको छ । तर, राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख उपप्रमखको मतधिकार हाटाउन अर्को संशोधन ल्याइनेछ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा राप्र्रपाले पनि समर्थन नगर्ने भन्दै संशोधन होल्ड गर्ने मध्यमार्गी बाटो सुनाए । हाल संसदीय प्रक्रियामा रहेको संशोधनलाई स्थानीय चुनावसम्म होल्ड गर्ने र प्रदेश र केन्द्रको चुनाव अघि मात्र पास गर्ने उनले बताए ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई सहभागी गराउन अर्को संशोधन ल्याउने र स्थानीय तहको संख्या बढाउने बताए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाउने सिफारिस गर्ने जिम्मेवारी पाएको स्थानीयविकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलको समय समेत ३ दिन थप गरेको छ । यो कार्यदलले कुल स्थानीय तह ७४४ नकट्ने गरी २ नम्बर प्रदेशमा संख्या बढाइनेछ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भने जनसंख्याका आधारमा मात्र स्थानीय तहको संख्या निर्धारण नगर्न र अन्य पक्षलाई पनि हेर्न आग्रह गरेका थिए ।

साथै संशोधन विधेयकलाई सभामुख कहाँ होल्ड गर्नु भन्दा संसदीय समितिमा पठाउन उपयुक्त हुने उनले बताए । संशोधनको विरोध गर्दै आएको एमालेले पनि विधेयकलाई संसदीय समितिमा पठाउन माग गर्दै आएको थियो ।

अर्को संशोधन ल्याइने

संसदको प्रक्रियामा रहेको संशोधनलाई स्थानीय चुुनाव नभएसम्म होल्ड गर्ने रणनीतिमा रहेको सरकारले तत्काल नै अर्को संशोधन अघि बढाउनेछ ।

राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख/ उपप्रमखको मतधिकार हाटाउन अर्को संशोधन ल्याइने प्रधानमन्त्री प्रचण्डले बताए ।

संविधानको धारा ८६ मा प्रदेशसभाका ५६ सदस्य चयनका लागि प्रदेश सभाका सांसदका साथै गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख उपप्रमुख रहेको निर्वाचक मण्डल गठन गर्ने व्यवस्था छ ।

मधेसी मोर्चाले भने स्थानीय तहका प्रमुख र उपप्रमखको मताधिकार हटाउन माग गर्दै आएको थियो । अहिले सरकार यसमा सहमत देखिएको छ ।

मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय तहलाई बलियो बनाउनु पर्ने भन्दै उनीहरुको मताधिकार खोस्ने सम्झौता नगर्न आग्रह गरेका थिए ।

मन्त्रिपरिषद् अघि बालुवाटारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यही प्रस्ताव राखेका थिए । तर, मधेसी मोर्चाले लगतै बैठक बसेर संशोधन विना चुनाव स्वीकार नगर्ने बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड भने मधेसी मोर्चा सहमतिमा आउनेमा ढुक्क देखिएको एक मन्त्रीले बताए । उनले भने, हुँदैन हुँदैन भनेपछि मधेसी मोर्चालाई मनाउनसक्छु भन्ने कन्फिडेन्ट प्रधानमन्त्रीमा देखिन्थ्यो’ एक मन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यो संशोधन ल्याउनबारे प्रमुख विपक्षी एमालेसँग पनि छलफल गरिसकेका छन् । तर, उसले यसबारे ठोस जवाफ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र