February 28, 2017

ब्लु स्काइ म्यानपावरका संचालक पक्राउ

timthumbकाठमाडौंको महाराजगन्ज चक्रपथमा रहेको ब्लु स्काइ म्यानपावरका संचालक प्रेम कटुवाल पक्राउ परेका छन्। उनीसँगै थप ३ जना पनि प्रहरी नियन्त्रणमा छन्। स्रोत नखुलेको २४ लाख रुपैयाँ उनको बैंक खातामा भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। माछापुछ्रे बैंकमा रहेको उनको खातामा जम्मा भएको २४ लाख रुपैयाँको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी श्याम ज्ञवालीले सेतोपाटीलाई बताए। उनले यस विषयमा थप अनुसन्धान भइरहेको भन्दै केही नबोल्ने बताए।

५० जना भन्दा बढी महिलाहरुसँग ठगी गरेको रकम उनको बैंक खातामा भेटिएको प्रहरी स्रोतले बतायो। कटुवाल नाम चलेका म्यानपावर व्यवसायी हुन्। उनी नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको पूर्व अध्यक्षसमेत हुन्। सामाजिक संजाल फेसबुकबाट ठगिएकाहरु प्रहरीसमक्ष आएर उजुरी दिएपछि प्रहरीले ३ जना महिलालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका महिलाहरुले आफूहरुले पाएको रकम कटुवालको खातामा जम्मा गरेको बताएपछि उनी प्रहरी फन्दामा परेका हुन्। फेसबुकको फेक आइडी बनाउने, महिला तथा युवतीहरुलाई रिक्वेष्ट पठाउने, साथी बनेपछि इमोसनल ब्ल्याकमेलिङ गर्ने गिरोहको कटुवाल सदस्य रहेको प्रहरीले बताएको छ। कसरी जम्मा भयो कटुवालको खातामा २४ लाख काठमाडौं बानेश्वरकी एक युवतीलाई बेलायती युवकको नामबाट फेसबुकमा रिक्वेष्ट आयो। पटक पटक रिक्वेष्ट आएपछि उनी साथी बनिन्।

लामो समयसम्म उनीहरुवीच च्याटमा उनीहरुको कुराकानी भयो। मैले तिमीलाई ५० हजार पाउण्डको उपहार पठाउन लागेको छुँ भन्दै ति बेलायती युवकले महिलाको ठेगाना मागे। सुरुमा त ति महिलाले पत्याइनन् । तर उपहारकै फोटो फेसबुकमा देखाएपछि उनले पत्याइन। बेलायतबाट उपहार पठाएको केहीदिनपछि ती युवतीलाई तपाईँको नामको उपहार दिल्लीमा आइपुगेको छ। यहाँ कर कार्यालयले समातेको छ।

यहाँबाट छुटाउन २ लाख लाग्छ के गर्नुहुन्छ भनेर दिल्लीबाट फोन अाएको थियो। ५० हजार पाउण्डको उपहार किन छाड्ने भन्दै ति महिलाले २ लाख पठाएकी थिइन। तर रकम पठाएको महिनादिनसम्म पनि उपहार नआएपछि आफू ठगिएको महसुस गरि उनले प्रहरीमा उजुरी दिएकी थिइन। प्रहरीले अनुसन्धान गर्दै जादाँ ३ जना महिलाहरु समातिएका थिए। ती पक्राउ परेका महिलाहरुले कटुवालको खातामा रकम जम्मा गरिदिएको बताएपछि कटुवालको बैंक खाता चेक गर्दा सो रकम त्यहाँ फेला परेको हो।

प्रहरीका अनुसार बानेश्वरकी ती महिलाहरु जस्तै अन्य ५० भन्दा बढी महिलाबाट ठगी भएको दुई तीन लाख रकम कटुवालको खातामा जम्मा भएको हो। यसअघि पनि यस्तै गरी कटुवालको खातामा करोडभन्दा बढी जम्मा भइसकेको प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको