February 27, 2017

पत्रपत्रिकाहरुमा आज छापिएका मुख्य समाचारहरु

१६ फागुन, काठमाडौं । काठमाडौंबाट प्रकाशित भएका आजका दैनिक अखवारहरुले संविधान संशोधनका लागि हिजो संसद सचिवालयमा दर्ता भएका संशोधन प्रस्तावबारेका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।   आजको कान्तिपुर दैनिकले संविधान संशोधन बिधयेकमा सत्तापक्षनै बिभाजित शीर्षकमा समाचार छापेको छ । त्यस्तै उसले जग्गा प्लटिङ गर्दा मन्दिरलाई धरापमा पारिएको भन्दै ठूलो तस्वीर पनि प्रकाशन गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकले संविधानमाथि १५ संशोधन शीर्षकमा मुख्य समाचार बनाएको छ । साथै स्ववियु निर्वाचन अन्योलमा भन्ने अर्को समाचार प्रकाशित गरेको छ ।  स्थानीय चुनावको मिति तय भएपनि तयारीमै बिभिन्न अड्चनहरु देखिएको भन्दै आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

रक्षा मन्त्रालयले आधा खर्ब माग गरेको समाचार पनि नागरिकमा छ ।  अन्नपूर्णं पोस्टमा भने बैदेशिक रोजगार ब्यवसायी आशाकुमारी लामा र शर्मिला पराजुली ढकाललाई राजदूतमा सिफारिस गर्ने आफ्नै निर्णयमा सरकार पछाडि हटेको समाचार प्रकाशित छ ।

सर्वोच्च अदालतले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको खबर आजको कान्तिपुरमा छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत यातायात व्यवस्था विभाग र प्रालिबीच भएको सम्झौताले सवारी चालक अनुमति पत्र लिन चाहने सोवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले तत्कालका लागि ट्रायल सेन्टर सञ्चालन नगर्न न्यायाधिश इश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन् ।

उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित