February 27, 2017

भारतीय गाडीमा एमाले नेता चढेको देखेपछि मधेसी मोर्चाका कार्यकर्ताले गाडी नै यसरी जलाए

madheshगौर, १६ फाल्गुन । मधेसी माेर्चाका कार्कर्ताले भारतीय नम्बरप्लेटकाे गाडी जलाएका छन् । उक्त गाडीमा एमाले कार्यकर्ता चढेकाे देखेपछि उनीहरूले अागजनी गरेका हुन् । एमाले नेता थत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कारण राैतहटकाे गाैर तनावग्रस्त बनेकाे हाे ।

मधेसी मोर्चाले माधव नेपालको कार्यक्रम विथोल्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएकाे थियाे। प्रहरीको लाठी चार्जबाट दर्जनौं मोर्चाका कार्यकर्ता घाईते भए । एक पत्रकार र केहि सुरक्षाकर्मी समेत घाईते भएकाका थिए भने अाक्राेशित भिडले एमाले नेताहरु चढेको बि आर ०६ पी ५४६१ नम्बरको भारतीय बोलेरो जलाएका छन् । कार्यक्रमपश्चात् प्रशासनले तोकेको रुट भन्दा अर्को रुटको सडकबाट गौरबाट एमाले नेताहरु निस्कँदै गर्दा साढे ४ बजे बोलेरो जलाइएको हो ।

झडपका कारण करिब एक घण्टा अघोषित रुपमा गौरमा निषेधाज्ञा लगाइएको मोर्चाका नेताहरुले दावी गरेका छन् । तर प्रमुख जिल्ला अधिकारी थापाले निषेधाज्ञा नभई नेकपा एमालेका वरिष्ठ नेता नेपालको सुरक्षाका लागि व्यापक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र