किन भए मधेशी मोर्चा संशोधनको मुद्दामा विभाजित

ambessdor-with-madeshi-party-19फागुन १६    |   

काठमाडौ–संशोधनको मुद्दामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विभाजित भएको छ । मधेशी मोर्चाको सात दलमध्ये तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीले संशोधन हालेका छन् भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी संशोधन हालेको छैन ।

 

सरकारले हालेको संशोधन विधेयकमा संशोधन हाल्ने विषयमा आज बसेको मोर्चाको बैठकमा यी दुई दलले संशोधन हाल्न इन्कार गरेको छ । संशोधनसहित विधेयक पारित गराउने काम सरकारको हो, यसमा संशोधन हाल्नु हुँदैन भने तर्क ती दुई दलले गरेका थिए भने तमलोपा, सद्भावना पार्टीलगायत दलले विधेयकमा के के चाहन्छौ, त्यो संशोधन हालेपछि मात्र विधेयक परिमार्जन हुन्छ भनि तर्क गरेका थिए ।
मधेशी मोर्चाका बाँकी पाँच दलले तीन विषयमा ंसंशोधन हालेको छ ।
भाषा, राष्ट्रसभा र सिमांकनको विषयमा संशोधन हालेको छ । बहुभाषिक नीति अगाडि बढाएर सविधानको अनुसुचिमा राख्ने, गाउँपालिका, नगरपालिका अध्यक्ष उपाध्यक्षलाई निर्माण मण्डलबाट हटाउने भनि संशोधन हालेको छ । त्यस्तै, सिमांकनमा पूर्वका तीन जिल्ला झापा, सुनसरी, मोरगं तथा चितवनका ११ गाविसलाई दुई नम्बर प्रदेशमा मिलाउने, त्यस्तै, कैलाली र कञ्चनपुर तथा नवलपरासीको बर्दघाटदेखिको भाग पाँच नम्बर प्रदेशमा मिलाउने माग सहितको संशोधन हालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति