February 25, 2017

 एमाले निकट विद्यार्थी संगठनले यो पाली पनि आगो दन्काए : आर. आर. क्याम्पसमा

फागुन १४  | काठमाडौं – दिउँसोदेखि उम्मेद्वारी मनोनयनको विषयमा विवाद भइरहेको राजधानीको आरआर क्याम्पसमा विद्यार्थीले क्याम्पसमा आगो लगाइदिएका छन् । तर, कसले के कारणले आगो लागाइएको हो भन्ने खुल्न सकेको छैन ।

दिउँसो देखि तनाव ग्रस्त क्याम्पसमा अखिलका विद्यार्थीले आगो लगाएको आरोप नेविसँघका उपाध्यक्ष पुष्प शाहीले बताएका छन् तर, आगो लगाउनेहरु पहिचान नभए पनि नेविसँघ र अखिल क्रान्तिकारीले हुन सक्ने आशंका अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । आगो लगेपछि क्याम्पस हाता झन तनाव ग्रस्त बन्न पुगेको छ ।

आफु निस्केको १० मिनेटमै आगो लागेको थाहा पाएको क्याम्पस प्रमुख निर्मला सुवालले बताए । उनले भने –‘यस्तो प्रकारले निर्वाचन हुन सक्दैन हामी त्रिविको धारणा पर्खेर बसिरहेका छौं ।’ निर्वाचनको मिति नजिकिदै गर्दा क्याम्पस क्षेत्र तनाव ग्रस्त बन्दै गइरहेको छ । के कति क्षति भयो त्यो जानकारी नभएको क्याम्पस प्रमुखले बताए ।

 

निर्वाचन कार्यलय सार्ने विषयमा विवाद चर्कदै जादा दिउँसो झडप भएको थियो । दिउँसो झडपका क्रममा दुई नेविसंघका कार्यकर्ता घाइते भएका थिए । घाइते हुनेहरुमा सुरेश भारद्वाज र सुनिल शर्मा रहेका छन् ।
मनोनयनमा नेविसंघले अवरोध गर्न खोजेपछि विवाद हुँदा अनेरास्ववियूले आक्रमण गर्दा उनीहरु घाइते हुन पुगेको थियो ।

बेलुकी पख लगाइएको आगो प्रहरी र अनेरास्ववियुका विद्यर्थीहरु मिलेर निभाएका थिए । आगो क्याम्पसको गादाम कोठामा लगाइएको थियो ।

 

अहिले तरुण दलका लक्ष्मी थपलिया लगयातको टिम तथा नेविसँघका उपाध्यक्ष पुष्प शाही लगायत क्याम्पस क्षेत्रमा छन् भने अखिलमा अनिल महर्जन लगायतको समुह रहेका छन् ।

स्ववियू निर्वाचन १८ गते हुँदैछ भने आज उम्मेद्वारी दर्ताको दिन थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति