‘चुनाव नहोस् भन्ने हाम्रो चाहना होइन, पहिले संविधान संशोधन होस्’ : नयाँ शक्ति

52982083nayaकाठमाडौं । नयाँ शक्ति नेपालले संविधान संशोधन र पुनःसंरचनाको विषय नटुंग्याइ स्थानीय निर्वाचन गरिए मुलुकले निकास नपाउने ठोकुवा गरेको छ ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित नियमित पत्रकार भेटघाटमा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले यथास्थितिमा चुनाव गरिए समस्या बल्झनेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा  देवकोटाले दलीय भागवण्डामा चुनावको घोषणा गरिएकाले यो सत्ता स्वार्थ र प्रकारान्तरले चुनावै नगराउने षड्यन्त्र हो कि भन्ने आशंका जन्माएको बताए । उनले आशंकालाई आश्वस्त तुल्याउन संविधान संशोधनलाई अगाडि बढाउन र निष्कर्षमा पु¥याउनसमेत आग्रह गरे ।
उनले स्थानीय तहको संख्या गर्भमै राखेर निर्वाचन घोषणा गर्दा अन्यौलता बढेको स्पष्ट पारे  । “निर्वाचन नहोस् भन्ने हाम्रो चाहना होइन, जारी संविधानप्रति असन्तुष्टहरूको माग सम्बोधन होस् भन्ने हाम्रो आग्रह हो,” उनले थपे ।
संविधान भन्दा जेठो हो संशोधन
संविधान भन्दा संशोधन जेठो भएको सन्दर्भ कोट्याउँदै उनले कोही दल पनि संशोधनबाट भाग्न नसक्ने दाबी गरे । “हिजो सत्ता सम्झौता गर्दा सरकारको नेतृत्व गरेका दलहरू सबैजसोले संशोधनमा सहमति जनाएका थिए,” उनको भनाइ थियो ।
उनले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट खर्च बेहोर्ने व्यवस्था लागुगर्नुपर्नेमा पनि जोड दिए ।
नयाँ शक्ति निर्वाचनबाट भाग्दैन
संघीय समाजवादी फोरमसँग मिलेर विज्ञप्ति जारी गर्दैमा नयाँ शक्ति निर्वाचनबाट पर हटेको भन्न नमिल्ने देवकोटाको कथन थियो । “पहाडले मधेसीलाई जनता नदेख्ने र मधेसीले पहाडलाई शासक नठान्ने अवस्था आइसक्यो, त्यो चिर्न हामीले एकतामा जोड दिएका हौँ,” उनले प्रष्ट्याए । खसआर्य, थारुमधेस र आदिबासी जनजातिको तीन ‘क्लस्टर’ बीच एकता कायम गर्नुपर्नेमा उनको जोड थियो ।

उनले समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तहको तीनवटै निर्वाचन एकैचोटी गर्न सकिने उनले विकल्पसमेत देखाए । उनले नयाँ शक्ति निर्वाचनबाट नभाग्ने, एकलाख सदस्यले एकैसाथ शपथ खाएको पार्टी, ७५ जिल्लामा एकैपटक जिल्ला कमिटी गठन गरेर घोषणा भएको नयाँ शक्ति निर्वाचनबाट भाग्नुपर्ने कुनै कारण नरहेको प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति