February 24, 2017

यसरी फसाए श्रीमान् विदेश गएका ६० महिलालाई :वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले

Prem-Katuwal-115x150फागुन १३, काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाल पक्राउ परेका छन् । फेसबुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

अधिकांश विवाहित तथा श्रीमान विदेशीएका महिलाहरुलाई फेसवुकबाट विदेशी नागरिकको नामबाट साथी बनाएर उपहार पठाउने नाममा ठगी गरेको खुलेपछी कटुवालसहित उनका अन्य तीनजना सहयोगीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बुधवार पक्राउ परेका कटुवालसहित अन्य तीनजनालाई काठमाडौं प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।

महाराजगञ्जमा ब्लु स्काई ओभरसिज नामक म्याननपावर सञ्चालन गर्दै आएका कटुवाल बल बहादुर तामाङ भन्दा पहिले बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष थिए ।

कटुवालको नेटवर्कमा रहेका व्यक्तिहरुले करिब ६० जना महिलाबाट लाखौं ठगी गरेको पाईएको छ । ठगी गरेको मध्ये करिब २४ लाख नगद कटुवालको बैंक खातमा डिपोजिट गरिएको फेला परेपछि प्रहरीले उनलाई सोधपुछका लागी बोलाएको थियो । सोधपुछका क्रममा आईएमईबाट समेत आफुले रकम लिएको स्विकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ ।

यसरी ठगीए ६० जना महिला
कटुवालको नेटवर्कमा रहेका व्यक्तिहरुले विदेशीको फोटो र नाम राखेर फेसबुक अकाउन्ट खोल्थे अनि सयौंलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । विदेशीले रिक्वेस्ट पठाएपछी कतिपय महिलाहरुमा कौतुहलता जाग्थ्यो, उनीहरु तत्काल ‘अक्सेप्ट’ गर्थे । सचेत महिलाहरुले वास्ता नगर्ने भएपनि श्रीमान् विदेशिएका, श्रिमान नेपालमै भएपनि समुहमा बसेर काम गर्ने तथा आफ्नै ढंगले दुई–चार लाख पैसा चलाउन सक्नेहरु क्युरियस हुन्थे र विदेशीसँग च्याट गर्न थालिहाल्थे ।

च्याट गर्दै जाँदा महिलाहरुको मन जितेपछी ‘तपाईं त कस्तो ब्युटिफुल हुनुहुँदो रहेछ, अष्ट्रेलियाको गिफ्ट पठाईदिन्छु’ भन्दै ती नक्कली विदेशीहरु महिलालाई फुरुक्क पार्ने गर्दथे ।

च्याटिङ हुन थालेको तेस्रो दिन दिल्लीबाट फोन गरेर तपाईको नाममा गिफ्ट आएको छ सामान धेरै रहेछ भन्दै महिलाहरुलाई अझै उत्सुक गराएपछि गिफ्ट हात पार्न कर बापत केही पैसा जम्मा गर्नुपर्ने शर्त राखेर उनीहरुलाई ठग्ने गरेको बताईएको छ ।

जापान, अष्ट्रेलिया जस्ता मुलुकबाट गिफ्टको पार्सल आएको भन्दै गिफ्ट हात पार्न सुरुमा केही हजार माग्ने यो समुहले डलरको ट्याक्स रकम इन्डियन रिजर्भ बैंकमा जम्मा गर्नुपर्ने शर्त राखेर नेपालकै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन आग्रह गर्ने गरेको थियो ।

ठगी गर्ने समुहले पैसा पठाउनका लागी दिइने नाम र बैंक खाता कटुवालको पनि थियो । पा्ररम्भिक अनुसन्धानको क्रममा कटुवालले त्यस्ता महिलाहरुबाट २४ लाख भन्दा बढी रकम बुझेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको