पत्रपत्रिकाकामा आज कस्ता समाचार छापिए: संविधान संशोधन अब के होला ?

Rajdhani१३ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले संसदमा हिजोबाट छलफल सुरु भएको संविधान संशोधन प्रक्रियाबारे अब के होला ? भन्ने आशयको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

 

त्यसका अलावा बिखण्डनकारीलाई परास्त गर्ने सेनापति राजेन्द्र क्षत्रीको बक्तव्यलाई पनि पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।

– निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्टै आचारसंहिता पनि लागू गर्ने भएकाले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला विकास अधिकारीलगायत निजामती कर्मचारीको सरुवा तयारी गरेको छ ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । विशेष कारण दर्साई निर्वाचन आयोगसँग स्वीकृति लिएर मात्रै सरुवा गर्न सक्छ । गृह मन्त्रालयले बिहीबार २० डीआईजी सरुवा गरेको छ । केही दिनमै प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने तयारी गृह मन्त्रालयले थालेको छ।

यता स्थानीय विकास मन्त्रालयले पनि विभिन्न जिल्लाका जिल्ला विकास अधिकारीलगायत कर्मचारीको सरुवाको तयारी गरेको छ ।

आजको नयाँपत्रिकाले संविधान संशोधन अब के होला ? भन्ने शीर्षकमा मूख्य समाचार छापेको छ ।

अन्नपूर्ण पोस्टले बिखण्डनकारीलाई सेनाको चेतावनी शीर्षकमा समाचार छापेको छ ।

– मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ ।

भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवनपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाको धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोइड (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।

यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै हाँस्यो भने हाँसेको हाँस्यै गर्ने र रोयो भने रोएको रोयै गर्ने आदि ।

गाँजा भाङ धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छ । केही बेरपछि फरक फरक असर देखाउन थाल्छ । त्यसैले यस्ता लागू औषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै आजको राजधानी दैनिकले मोर्चालाई मनाउन संसद एक साता स्थगित भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष