आवाजसँग प्रेम परेपछि उमेरले छेकेन, २८ वर्षे युवकले ८२ वर्षीया वृद्धालाई दुलही बनाए

Man-28-marries-woman-82-rang-1काठमाडौं । साँचो प्रेममा परेको मानिस कुनै पनि परिस्थितिमा डग्मगाउँदैन । इन्डोनेसियाका २८ वर्षीय ग्यारेज मिस्त्री सोफियान लोहो डान्डेलले यही उदाहरण प्रस्तुत गरेका छन् ।

 

एक वर्ष अगाडि सोफियानको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आएको थियो । त्यतिबेला उनले सायदै कल्पना गरेका थिए कि झुक्किएर उनको नम्बर डायल गर्ने फोनकर्तासँग उनी एक घन्टा गफिनेछन् र कालान्तरमा उनैसँगै बिहे गर्नेछन् ।

फोनकर्ता महिलाको आवाजले पहिलो पटकमै सोफियानलाई मोहनी लगायो । त्यसपछि उनीहरुबीच नियमित फोन सम्वाद हुन थाल्यो । आवाजमै पग्लिएर सोफियान प्रेममा चुर्लुम्म डुबे । उनले फोनमै प्रेम प्रस्ताव राखे । महिलाले पनि सहर्ष स्वीकारिन् ।

 

उनीहरुले पहिलो भेटको चाँजो मिलाए । जब सोफियान आफ्नी प्रेमिकालाई भेट्न उनको घरमा पुगे, एउटी ८२ वर्षकी बुढीआमै मार्था पोटु उनलाई स्वागत गर्न ढोकामा उभिएकी थिइन् । जब उनले बुढीआमैको आवाज सुने, विश्वासै गर्न सकेनन् की वृद्धा नै उनकी प्रेमिका थिइन् ।

उनले भर्खरकी कल्कलाउँदी युवतीको रुपमा कल्पना गरेका थिए आफ्नी प्रेमिकालाई । फोनमा उनले कहिल्यै प्रेेमिकाको उमेर सोधेका थिएनन् । उनले पनि बताएकी थिइनन् ।

तर प्रेमिकालाई त्यो रुपमा पाउँदा पनि सोफियान विचलित भएनन् । न उनले आफ्नो विचार नै बदले । पोटुको घरमा उनीहरु दुई घन्टासम्म गफिएर बसे ।

सोफियानले थाहा पाए कि १० वर्षअघि श्रीमानको मृत्यु भएयता पोटु आफ्नो घरमा एक्लो जीवन बाँच्दै आएकी छिन् । उनका दुई छोराहरु कामका सिलसिलामा विदेश गएका रहेछन् । पोटुको कथा सुनेपछि सोफियानले बाँकी जीवनमा उनको साथ नछाड्ने बाचा गरे ।

गत १८ फेब्रुअरीका दिन उत्तरी इन्डोनेसियाको सुलावेसीमा आफ्ना परिवार र साथीहरुको उपस्थितिमा उनीहरुले बिहे गरे । नवदुलाहा सम्झिन्छन्, ‘मेरो मोबाइलमा उनको फोन आउनु एउटा संयोग थियो । सायद भगवानले नै त्यो संयोग मिलाएका थिए ।’

‘उनले फोनमा आफूलाई जसरी चिनाइन् र जुन विनम्र भावमा कुरा गरिन्, त्यसबाट म मोहित भएँ । त्यसपछिका हरेक फोन संवादहरुसँगै म उनीतिर खिचिदै गएँ । यो नै मेरो जीवनमा प्रेमको पहिलो अनुभव थियो,’ उनले अघि सुनाए ।

 

त्यसो त पोटुसँग विवाह गर्नु उनका लागि कम चुनौतिपूर्ण थिएन । हजुरआमा उमेरकी महिलासँग विवाह गर्न लाग्दा परिवारले कडा विरोध जनायो । तर, उनीहरुको साँचो प्रेमका अगाडि कसैको केही लागेन ।

सोफियानकी ६० वर्षीया आमा मागडालेना भन्छिन्, ‘हामीलाई नभेटाउँदासम्म उसले आफ्नी हुनेवाली श्रीमतीको उमेर लुकाइरहेको थियो । पहिलोपटक उनलाई देख्दा हामीले विश्वासै गर्न सकेनौं । तर उनीहरु एक अर्कालाई यति धेरै माया गर्थे कि हामीसँग उनीहरुको विवाह गराइदिनुभन्दा अर्को विकल्प रहेन ।’

आफूभन्दा ५४ वर्ष कान्छो जीवनसाथी पाएर दंगदास छिन् पोटु । आफ्नो नयाँ श्रीमानलाई उनले भगवानले दिएको उपहारका रुपमा ग्रहण गरेकी छिन् । ‘म सधैं भगवानसँग प्रार्थना गर्थें कि यो उमेरमा मेरो हेरविचार गर्ने कोही व्यक्ति होस् । भगवानले मेरो पुकारा सुन्नुभयो र सोफियानलाई मेरो जीवनमा पठाउनुभयो ।’

विवाहमा उपस्थित कुनै अतिथिले विवाहको तस्बिर इन्टरनेटमा पोष्ट गरिदिएपछि यो जोडी देशभर चर्चाको विषय बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत