February 21, 2017

शेरबहादुर देउवाको सासुदेखि मेनपावरका ‘दलाल’सम्म नयाँ राजदूतमा सिफारिस् !

काठमाडौं, १० फागुन । सरकारले सिफारिस गरेको राजदूतहरुको सुचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको sharmila-parajuli-and-prativa-ranaसासुदेखि मेनपावर कम्पनिको दलालसम्म समाबेश भएको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जापानका लागि सिफारिस भएकी प्रतिभा राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाकी सासु हुन् । स्रोतका अनुसार उनलाई राजदुत बनाउन सभापति देउबाको समेत दबाब थियो । यता आफ्नी आमालाई राजदूतमा सिफारिस गर्न छोरी तथा देउबाकी पत्नि आरजु राणा देउबाको समेत चर्को ‘प्रेसर’ थियो

त्यस्तै फोरम लोकतान्त्रिकबाट ओमनका लागि सिफारिस भएकी diyo-suchiशर्मिला पराजुलीको धन्दा भने मेनपावर दलाली थियो । उनलाई फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सुटुक्क राजदूतमा सिफारिस गरेपछि फोरम लोकतान्त्रिक भित्र चर्को दबाव समेत परेको थियो । ‘फ्लोरिड रिसोर्स सोलुसन’ नामक मेनपावर कम्पनीकी निर्देशक पराजुलीको नाम लिएर गच्छदार प्रधानमन्त्री कहाँ पुगेका थिए । यस अघि नै मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको थियो । तर, केपी ओली नेतृत्वको सरकार ढलेपछि पुन अन्यौलता छाएको थियो । फोरम लोकतान्त्रिकसंग कुनै किसिमको ‘संस्थागत सम्बन्ध नदेखिएकी’ पराजुलीको नाम राजदूतमा परेपछि नेताहरू छक्क परेका छन् ।

मधेसमा राजनीतिक आधार भएको फोरमले पार्टीमा कुनै संग्लनता नभएको, पहाडे मुलको त्यो पनि म्यानपावर व्यवसायीलाई नेपाली कामदारहरू काम गर्न जाने खाडी मुलुक ओमानमा राजदूत सिफारिस भएको भन्दै गच्छदारको पार्टीभित्र विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको