मोर्चासँग आज साँझ ‘निर्णायक’ वार्ता

morcha-pm-e1486120432272काठमाडौ–काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चासँग पुनः एकपटक निर्णायक वार्ता गर्ने निर्णय गरेसँगै आजै साँझ मोर्चाका नेतालाई छलफलमा बोलाइएको छ ।

साँझ सात बजे बालुवाटारमा बार्ताको लागि बोलाएको मोर्चा स्रोतले जनाएको छ । वार्तामा सीमित नेताहरुलाई बोलाइएको छ ।

काँग्रेस र माओवादी केन्द्रले गर्ने वार्तामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तथा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई मात्र बोलाएको छ ।
मोर्चाका राजकिशोर यादव, अनिल झा, शरतसिह भण्डारीलगायतलाई बोलाइएको छैन । यसअघिका बैठकमा उनीहरुको पनि सहभागिता हुने गथ्र्यो ।

हिजो बालुवाटारमा मोर्चासँग भएको वार्तामा प्रधानमन्त्री प्रचण्डले चुनावका मिति घोषणा गर्न सहयोग मागेपछि मोर्चाका नेताहरुले विधेयक पारित नगरेसम्म चुनावको मिति घोषणा नगर्न दवाव दिएका थिए ।
त्यति मात्र होइन, चुनावको मिति घोषणा हुने वित्तिकै आन्दोलनको मिति घोषणा हुने चेतावनी दिएर उनीहरु बालुवाटारबाट फर्केका थिए ।
मोर्चाको त्यस्तो चेतावनीपछि आजै विहान सत्तारुढ दलको बैठक बसेर मोर्चासँग पुनः एकपटक वार्ता गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र