काठमाडौ–काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चासँग पुनः एकपटक निर्णायक वार्ता गर्ने निर्णय गरेसँगै आजै साँझ मोर्चाका नेतालाई छलफलमा बोलाइएको छ ।
साँझ सात बजे बालुवाटारमा बार्ताको लागि बोलाएको मोर्चा स्रोतले जनाएको छ । वार्तामा सीमित नेताहरुलाई बोलाइएको छ ।
काँग्रेस र माओवादी केन्द्रले गर्ने वार्तामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तथा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई मात्र बोलाएको छ ।
मोर्चाका राजकिशोर यादव, अनिल झा, शरतसिह भण्डारीलगायतलाई बोलाइएको छैन । यसअघिका बैठकमा उनीहरुको पनि सहभागिता हुने गथ्र्यो ।
हिजो बालुवाटारमा मोर्चासँग भएको वार्तामा प्रधानमन्त्री प्रचण्डले चुनावका मिति घोषणा गर्न सहयोग मागेपछि मोर्चाका नेताहरुले विधेयक पारित नगरेसम्म चुनावको मिति घोषणा नगर्न दवाव दिएका थिए ।
त्यति मात्र होइन, चुनावको मिति घोषणा हुने वित्तिकै आन्दोलनको मिति घोषणा हुने चेतावनी दिएर उनीहरु बालुवाटारबाट फर्केका थिए ।
मोर्चाको त्यस्तो चेतावनीपछि आजै विहान सत्तारुढ दलको बैठक बसेर मोर्चासँग पुनः एकपटक वार्ता गर्ने निर्णय भएको थियो ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन