प्रधानमन्त्री–मोर्चा वार्ता तनावपूर्ण, चेतावनी दिएर बाहिरिए नेताहरू

Madheshi-Morcha-Puspakamal-Dahal-Baluwatar-MNeetingकाठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्तामा कुरा नमिलेपछि तनावपूर्ण अवस्था सृजना भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार भएको लामो बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन र संविधान संशोधनको विधेयकलाई सँगसँगै अगाडि बढाउने प्रस्ताव राख्दै सहयोगको आग्रह गरेपछि मधेसी मोर्चाले सिधै अस्वीकार गरेको हो ।

बैठकपछि कुरा गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न लागेको र सो विषयमा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले निर्वाचनको मिति घोषणा गर्न लागेको छु । तपाईहरूले सहयोग गर्नुस् । संविधान संशोधनको विधेयक संगसंगै अगाडि बढाउनु भन्नुभयो’, महासचिव झाले भने, ‘तर, मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नगरेर निर्वाचनको मिति घोषणा भयो भने त्यही दिन हामीले पनि आन्दोलन घोषणा गर्छौं भनेर चेतावनी दिएका छौँ । आजको बैठक कुनै पनि निश्कर्षमा पुग्न सकेन ।’

बालुवाटार बैठकमा सरकारी पक्ष र मधेसी मोर्चाका नेताहरूबीच निर्वाचनको मिति र संशोधन विधेयकलाई लिएल लामै बहस र चर्काचर्की भएको थियो ।

बैठकमा सहभागी कांग्रेसका नेताहरूले पनि स्थानीय निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा सहयोग गर्न मधेसी मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संभवत आजै वा भोलि आइतबारभित्र मन्त्रिपरिषदको बैठक बसालेर निर्णय गर्ने मुडमा रहेका थिए ।

बालुवाटार बैठकमा प्रधानमन्त्री दाहालका साथै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, गृहमन्त्री विमलेन्द्र निधि, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र