रौतहटका गाविस, जिविस र नगरपालिका ठप्प, सेवाग्राही मर्कामा

2017-02-15_1155४ फागुन, रौतहट । रौतहटका तीनवटै नगरपालिका, जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको आन्दोलनले सेवाग्राहीको बिचल्ली भएको छ । रात्रिबस व्यवसायी संघले समेत सेवा ठप्प पार्दा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्ला विकास समिति रौतहटका साथै गौर, गरुडा र चन्द्रपुर नगरपालिकाका कर्मचारीहरुले स्थानिय तहमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् । त्यसपछि मात्रै नपुग जनशक्ति निजामती सेवाबाट खटाउनु पर्ने उनीहरुको माग छ । ति कर्मचारीहरुले कामकाज ठप्प पार्दै कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न दिएका छैनन् ।

स्थानियसँग प्रत्यक्ष सरोकार राख्ने जिविस, गाविस र नगरपालिकाका कर्मचारी आन्दोलित भएपछि सेवाग्राही मारमा परेका छन् । संविधानतः बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको मागसहित स्थानिय निकाय टे्रड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै स्थानिय निकायको कामकाज बन्द गरेका हुन् । सरकारले आफूहरुको मांग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको अडान छ ।

हेल्थ असिस्टेन्टको आन्दोलन ३९ औं दिन पनि जारी

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा हेल्थ असिस्टेन्टहरुले पनि आन्दोलन आज ३९ औं दिन पनि जारी राखेका छन् । शैक्षिक योग्यताको कदर गर्दै हेल्थ असिस्टेन्टहरुलाई नै स्वास्थ्य चौकीको प्रमुख बनाउनु पर्ने मागसहित उनीहरु आन्दोलित भएका हुन् ।

यता गौर नगरपालिकाले सञ्चालनमा ल्याएको नयाँ बसपार्कमा भन्दा अगाडि नगरक्षेत्र भित्र लामा तथा साना दुरीका यात्रुबाहक बसहरुलाई प्रवेशमा रोक लगाएपछि रात्रिबस व्यवसायी समेत मंगलवारदेखि आन्दोलित भएका छन् ।

यसअघि गौर नगरक्षेत्रबाट सञ्चालनमा रहेको रात्रि तथा दिवा बसहरुलाई गौर नगरपालिका कार्यालयले सोमबारबाट नगरक्षेत्रमा प्रवेश नदिएपछि लामा दुरीका यात्रुहरुलाई सास्ती भएको भन्दै रात्रि बस व्यवसायीहरुले राजधानी काठमाडौंसहित लामा दुरीका सबै यातायातका साधन बन्द गराएका छन् ।
बिहान यात्रुहरुलाई नगरक्षेत्र भित्र पुर्‍याउन र राति बस चढाउन पनि नगरमा प्रवेश दिनुपर्ने माग यातायात व्यवसायीको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले स्थानिय निकायको हकमा स्थानिय विकास मन्त्रालयस्तरबाटै ट्रेड युनियनहरुले कुरा गर्नुपर्ने बताए । उनले बस व्यवसायीहरुसँग भने छलफल गरेर समस्या समाधानको उपाय निकालिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि