फागुन २ – अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक सल्लाहकारले संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् । ह्वाइट हाउसका उच्च सल्लाहकार स्टीफन मिलरले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् ।
पुनरावेदन अदालतको फैसला न्यायीक शक्तिको अपहरण रहेको मिलरले आरोप लगाएका छन् । राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न नसक्ने मिलरको भनाई छ ।
अमेरिकाको संघीय पुनरावेदन अदालले गएको बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो ।
राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ । अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि जनाइएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन