काठमाडौं, १ फागुन । प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।
डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् । काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ ।
गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो । कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए ।
प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ । दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र