२९ माघ, गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए ।
‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा उनले भने, ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्छ ।’
तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने उनले बताए । संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नु पर्ने देउवाको भनाइ थियो । ‘वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ’, सभामा सहभागी कार्यकर्तालाई निर्देशन दिदै उनले भने, ‘चुनावको तयारी थाल्नुस् ।’
उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने उनले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले चुनावी महौल बनाउन गाउँगाउँमा जानुपर्ने बताए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि