बनेपा, माघ २९ । प्रत्यक्ष निवाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्ति नेपाल पार्टीले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान थालनी गरेको दुई हप्ताको अन्तरालमा लाखौँ जनताले साथ दिएका छन् ।
यसै सन्दर्भमा आज बनेपामा आयोजित कार्यक्रममा बिभिन्न क्याम्पसमा आध्ययनत विद्यार्थी तथा सर्वसाधारणले हस्ताक्षर गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियान काभ्रेद्वारा आयोजित कार्यक्रमको नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक भरत लामिछाने, सह संयोजक तारा निधि पन्तर युवा अभियान जिल्ला उत्प्रेरक नवीन तामाङले हस्ताक्षर गरी अउद्घाटन गरेका थिए ।
अभियानमा आफ्नो गृह जिल्लाबाट काभ्रे आई बिभिन्न पेशा व्यवयायमा आवद्ध कर्मचारी, मजदुर र आम नागरिक तथा स्थानिय जनताले हस्ताक्षर गरेका थिए । प्रत्यक्ष निर्वाचत राष्ट्रपति र स्थायी सरकारका बारेमा कुरा गर्दा स्थानीय जनता उत्साहितत भई हस्ताक्षर गर्न तम्सिएका थिए’युवा अभियान केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नवीन तामाङले बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतिका पक्षमा करिव दश लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने नयाँ शक्ति पार्टी नेपालको योजना रहेको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण