बनेपा, माघ २९ । प्रत्यक्ष निवाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्ति नेपाल पार्टीले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान थालनी गरेको दुई हप्ताको अन्तरालमा लाखौँ जनताले साथ दिएका छन् ।
यसै सन्दर्भमा आज बनेपामा आयोजित कार्यक्रममा बिभिन्न क्याम्पसमा आध्ययनत विद्यार्थी तथा सर्वसाधारणले हस्ताक्षर गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियान काभ्रेद्वारा आयोजित कार्यक्रमको नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक भरत लामिछाने, सह संयोजक तारा निधि पन्तर युवा अभियान जिल्ला उत्प्रेरक नवीन तामाङले हस्ताक्षर गरी अउद्घाटन गरेका थिए ।
अभियानमा आफ्नो गृह जिल्लाबाट काभ्रे आई बिभिन्न पेशा व्यवयायमा आवद्ध कर्मचारी, मजदुर र आम नागरिक तथा स्थानिय जनताले हस्ताक्षर गरेका थिए । प्रत्यक्ष निर्वाचत राष्ट्रपति र स्थायी सरकारका बारेमा कुरा गर्दा स्थानीय जनता उत्साहितत भई हस्ताक्षर गर्न तम्सिएका थिए’युवा अभियान केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नवीन तामाङले बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतिका पक्षमा करिव दश लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने नयाँ शक्ति पार्टी नेपालको योजना रहेको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले