जेठमै स्थानीय निर्वाचन गर्ने दाहाल र ओलीबीच सहमति

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच जेठको पहिलो साता स्थानीय निर्वाचन गर्ने समझदारी भएको समाचारलाई शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।IMG_9613

उर्जामन्त्री जनार्दन शर्माको ‘उर्जा’ले नै ‘देश उज्यालो’ भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकमा  प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा सुरक्षा चुनौती बढेको बताएको समाचारलाई प्राथमिकता दिएको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकले कीर्तिमान प्रमाणपत्र अनुमानकै आधारमा दिने गरेको समाचारलाई महत्व दिएको छ ।

सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् । आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।

IMG_9610-657x1024सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट मन्दिर-मस्जिद निर्माणमा खर्च गरेको समाचारलाई खास महत्व दिएको नागरिक दैनिकले ‘चुनावमा पार्टीका च्याँखेदाउ’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै जेलमा रहेका बालबालिकाको स्टोरीले महत्व पाएको छ ।

कान्तिपुर दैनिकले नेपालबाट बन्दाको नाममा काउली भारत निकासी हुने गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा ‘३ प्रतिशत थ्रेसहोल्ड, एक सिट अनिवार्य’ शीर्षकको समाचार छापिएको छ ।IMG_9611

गोरखापत्र दैनिकमा राजनीतिक निकासका लागि प्रधानमन्त्री सक्रिय भएको समाचार र स्थानीय तहको निर्वाचन गराउन कानुनी बाटो खुलेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

अस्पतालमा बढेको फोहोरसम्बन्धी समाचारलाई महत्व दिएको नेपाल समाचार दैनिकले सिंहदरबार पुनर्निर्माणसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

– प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ ।’

नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ । ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।’

सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए । प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए ।

‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ ।’

पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए । ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका