हवाई यात्रा गर्दै हुनुहुन्छ भने भुलेर पनि नलगाउनुहोस् यी पाँच पहिरन

 

एजेन्सी । यात्रा गर्नका लागि फ्लाइट आरामदायी र छिटो हुन्छ । सकेसम्म मानिसहरु हवाई यात्रा गर्न रुचाउँछन् । तर यात्राका दौरान मानिसहरुले केहि यस्ता गल्ती गर्छन् जसको अनुभव निकै नराम्रो हुनसक्छ । तपाई कुन पहिरन लगाएर यात्रा गर्नुहुन्छ, त्यसले विशेष महत्व राखेको हुन्छ । आज हामी तपाईलाई यस्ता पाँच पहिरनका बारेमा जानकारी गराउँदैछौं जसले एयरपोर्टमा केही समस्याहरु निम्त्याउन सक्छ ।

स्कर्टScart

विमानस्थलबाट भित्र प्रवेश गर्ने बेला तपाईको सुरक्षा जाँच हुने गर्छ । केहि महिलाहरु स्कर्ट लगाएर यात्रा गर्न मन पराउँछन् । तर  Transportation Security Administration ( TSA ) का अनुसार स्कर्ट लगाएर हवाई यात्रा गर्नु झन्झट हुन्छ । स्कर्ट केही खुकुलो हुने भएकाले यसभित्र बहुमूल्य सामानहरु लुकाएर लैजान सकिन्छ । यस्तो अवस्थामा सुरक्षा जाँच गर्न पनि समय बढी लाग्ने हुन्छ । यदि तपाई पनि यात्रा गर्दा झन्झट ब्यहोर्न चाहनुहुन्न भने स्कर्ट नलगाउनुहोस् ।

बोबी पिंसBobby-Pins

 

यदि तपाई फ्लाइटबाट यात्रा गर्दै हुनुहुन्छ भने बोबी पिन्स कम प्रयोग गर्नुहोस् । खासगरी यी पिनहरु धातुबाट बनेका हुन्छन् । चेकिङका क्रममा मेटल डिटेक्टरले तपाईलाई समस्यामा पार्न सक्छ । जसले तपाईको हेयर स्टाइल पनि बिग्रन सक्छ ।

metal-wire-Braधातु मिश्रित ब्रा

 

केही महिलाहरुलाई यो कुराको जानकारी हुँदैन कि आफूले लगाएको ब्राले एयरपोर्टमा हैरानीको सिकार हुनपर्छ । केही ब्राहरुमा धातुका तारहरु प्रयोग भएका हुन्छन् । यस्तो अवस्थामा सेक्युरिटी गार्डले उनीहरुको लुगा खोल्नुपर्नेसम्म हुनसक्छ । जसले एक त समय बर्बाद हुन्छ भने अर्को आफ्नो बेइज्जत हुन्छ ।

बक्स पाइन्टBox-pant

 

यात्रा गर्नका लागि बक्स पाइन्ट आरामदायी हुन्छ । तर चेकिङका क्रममा यसले तपाईलाई केही समस्याहरु सिर्जना गरिदिन सक्छ । यसमा धेरै गोजीहरु हुने भएकाले जाँच गर्ने व्यक्तिले निकै ध्यानपूर्वक चेकिङ गर्नुपर्छ र समयको पनि बर्बाद हुन्छ ।

धातुका गहना

 

jwelleryबोबी पिंसजस्तै धातुका गहना लगाएर यात्रा गर्दा पनि तपाईले केही समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । केही मानिसहरु यात्रा गर्दा धातुका ब्रासलेट र नेकलेस लगाउने गर्छन् । यसले पनि चेकिङमा समस्या पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको