नेपाल परिवार दलका सांसद हरिचरण साहले रौतहट क्षेत्र नं. १ को निर्वाचन क्षेत्र विकास कार्यक्रममा आफूलाई संयोजक नबनाएको भन्दै कारवाही गर्न सरकारलाई उजुरी गरे । गत पुस ९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उजुरी दिए । मन्त्रालयले पुस २ गते ‘के भएको हो ? त्यसबारे जानकारी गराउन’ रौतहटका स्थानीय विकास अधिकारी (एलडीओ) उमेश बस्नेतलाई निर्देशन दिए । कुनै जवाफ नआएको भन्दै साहले माघ ७ गते फेरी उस्तै प्रकृतिको उजुरी दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिको संयोजक छनोटबारे जानकारी नदिइएको र कस्ता योजना छनोट भए भन्ने पनि जानकारी नभएकाले
कारवाही गर्न साहले माग गरेका थिए ।
एलडीओले बस्नेतले २१ गते मन्त्रालयलाई अाैपचारिक पत्रमार्फत जानकारी गराए । मन्त्रालयलाई लेखेको पत्रमा साहकाे दाबीमा कुनै सत्यता नरहेको, उल्टै जिविसले साहलाई लागी सिमरा एयरर्पोटसम्म आउन जान जिविसको गाडी पठाएको, साहसँगै आएका साथीहरूलाई जिविसले खाना खुवाएको उल्लेख छ । यसैगरि, साहलाई पटक–पटक इन्धन दिएको, साहले बनाएको सामुदायिक भवनमा रङरोगन गर्न २५ हजार दिएको र जिविस आउँदा साहलाई मर्यादापूर्वक व्यवहार गरेको उल्लेख छ ।
सांसद साहको अन्य गुनासो प्रत्यक्षतर्फका सांसद माधव नेपाललाई जानकारी
गराईसकेको, योजना कार्यान्व्यनमा सांसदहरूको भमिका महत्वपूर्ण रहने जनाउँदै जिविसले इमान्दारपूर्वक काम गरिरहेको पत्रमा उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बैठकका लागी कात्तिक ३० गते माधव नेपाल रौतहट जाने निश्चित भएको थियो । तर सिमराको फ्लाईट रद्द भएपछि नेपाल बैठकमा उपस्थित हुन सकेनन् ।
नेपाल उपस्थित नभए पनि बैठक बसेको र साह पनि उपस्थित भएको पत्रमा उल्लेख छ । यसैगरि, मंसिर २९ गतेको सांसदहरू साहसहित माधव नेपाल र डिम्पलकुमारी झा उपस्थित भएको पनि पत्रमा उल्लेख छ । ज्येष्ठ सदस्यको हैसियतले सांसद साह संयोजक पनि रहेको उल्लेख छ । सांसद साहले बैठकको निर्णयहरू र योजना बिबरणको सबै पाना मोबाइलबाट फोटो खिचेर राखेकाले भ्रामक आरोप भएको पत्रमा उल्लेख छ ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि