एलडीओको जवाफ– उहाँहरूलाई खाना खुवाएँ, गाडी पठाएँ, रङरोगन गर्न २५ हजार दिएँ, मर्यदापूर्वक व्यवहार गरें

stनेपाल परिवार दलका सांसद हरिचरण साहले रौतहट क्षेत्र नं. १ को निर्वाचन क्षेत्र विकास कार्यक्रममा आफूलाई संयोजक नबनाएको भन्दै कारवाही गर्न सरकारलाई उजुरी गरे । गत पुस ९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उजुरी दिए । मन्त्रालयले पुस २ गते ‘के भएको हो ? त्यसबारे जानकारी गराउन’ रौतहटका स्थानीय विकास अधिकारी (एलडीओ) उमेश बस्नेतलाई निर्देशन दिए । कुनै जवाफ नआएको भन्दै साहले माघ ७ गते फेरी उस्तै प्रकृतिको उजुरी दिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन समितिको संयोजक छनोटबारे जानकारी नदिइएको र कस्ता योजना छनोट भए भन्ने पनि जानकारी नभएकाले janata1-1कारवाही गर्न साहले माग गरेका थिए ।

 

एलडीओले बस्नेतले २१ गते मन्त्रालयलाई अाैपचारिक पत्रमार्फत जानकारी गराए । मन्त्रालयलाई लेखेको पत्रमा साहकाे दाबीमा कुनै सत्यता नरहेको, उल्टै जिविसले साहलाई लागी सिमरा एयरर्पोटसम्म आउन जान जिविसको गाडी पठाएको, साहसँगै आएका साथीहरूलाई जिविसले खाना खुवाएको उल्लेख छ । यसैगरि, साहलाई पटक–पटक इन्धन दिएको, साहले बनाएको सामुदायिक भवनमा रङरोगन गर्न २५ हजार दिएको र जिविस आउँदा साहलाई मर्यादापूर्वक व्यवहार गरेको उल्लेख छ ।

सांसद साहको अन्य गुनासो प्रत्यक्षतर्फका सांसद माधव नेपाललाई जानकारी janta-2गराईसकेको, योजना कार्यान्व्यनमा सांसदहरूको भमिका महत्वपूर्ण रहने जनाउँदै जिविसले इमान्दारपूर्वक काम गरिरहेको पत्रमा उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बैठकका लागी कात्तिक ३० गते माधव नेपाल रौतहट जाने निश्चित भएको थियो । तर सिमराको फ्लाईट रद्द भएपछि नेपाल बैठकमा उपस्थित हुन सकेनन् ।

नेपाल उपस्थित नभए पनि बैठक बसेको र साह पनि उपस्थित भएको पत्रमा उल्लेख छ । यसैगरि, मंसिर २९ गतेको सांसदहरू साहसहित माधव नेपाल र डिम्पलकुमारी झा उपस्थित भएको पनि पत्रमा उल्लेख छ । ज्येष्ठ सदस्यको हैसियतले सांसद साह संयोजक पनि रहेको उल्लेख छ । सांसद साहले बैठकको निर्णयहरू र योजना बिबरणको सबै पाना मोबाइलबाट फोटो खिचेर राखेकाले भ्रामक आरोप भएको पत्रमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन