पत्रपत्रिकाको फ्रन्टपेजः विकास खर्च सात महिनामा १५ प्रतिशत, सत्तारुढ दलमा अन्तरकलह

 २६ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले स्थानीय निर्वाचनको विषयमा भएका विभिन्न गतिविधिसँगै ठूला दलभित्र बढ्दो अन्तरकलहसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

IMG_9563-768x1103

संविधान संशोधनमा फेरि संशोधन गर्ने तयारी भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ । त्यस्तै, सुन तस्करीका लागि लगेजमै लाखौं डलर विदेश पुर्‍याउने गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकले सात महिनामा १५ प्रतिशतमात्रै विकास खर्च भएकोलाई ‘ब्यानर न्यूज’ बनाएको छ । त्यस्तै राप्रपाको ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको समाचारलाई पनि महत्व दिएको छ ।

निर्वाचन आयोगले जेठ १ र २१ गते निर्वाचन मिति प्रस्ताव गरेको समाचारलाई राजधानी दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतको आदेशबिना कल डिटेल हेर्न नपाएइने समाचारलाई महत्व दिएको राजधानीले ‘नामर्द’ले जन्माएको अपराध शीर्षकको समाचारलाई एंकर बनाएको ।

नागरिक दैनिकले निर्वाचनको विषयमा सत्तारुढ दलभित्र अन्तरकलह बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

काठमाडौंमा बढ्दो धूलोमैलोसम्बन्धी स्टोरीले कान्तिपुर दैनिकमा प्राथमिकता पाएको छ ।

नेपाल समाचारपत्र दैनिकले आईएसआईका प्रतिनिधि सार्वजनिक भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

IMG_9570            IMG_9572

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न