माघ २५, काठमाडौं– शिक्षाविद्हरुले विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरु आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन । दोलखाका उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरुले काठमाडौंमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले प्रधानाध्यापकहरु विद्यार्थी र अभिभावकप्रति जवाफदेही भए विद्यालय तहको शैक्षिक स्तरमा सुधार हँँुदै जाने धारणा राखेका हुन ।
कार्यक्रममा बोल्दै शिक्षाविद् धनन्जय शर्माले विद्यालयको शैक्षिक सुधारको मेरुदण्ड प्रधानाध्यापक आफैं भएको उल्लेख गरे । उनले प्रतिकूल समयमा अभिभावकहरुलाई विद्यालयले छलफलका लागि बोलाउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
आफू अनुकुलको समय पारेर विद्यालयहरुले अभिभावकहरुसँग छलफलका लागि समय मिलाउने गरेको उल्लेख गर्दै त्यसले पनि शैक्षिक सुधारमा कठिनाई उत्पन्न गराएको उल्लेख गरे ।
शिक्षाविद् शर्माले विद्यार्थीहरुलाई ६० प्रतिशत भन्दा बढि सक्रिय बनाएर मात्रै कक्षा कोठाको शिक्षण सिकाई प्रभावकारी हुने पनि स्पष्ट पारे ।
दोलखाका ६० जना भन्दा बढि उच्च माध्यामिक विद्यालय तहका प्रधानाध्यापकहरु सहभागी रहेको भेलाको संयोजन दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले गर्नु भएको थियो ।
उनले दोलखाका उच्च माध्यामिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान नै संचालन गर्नुपर्ने आवश्यक्तामा जोड दिए ।
दोलखाका सांसदद्धय पशुपति चौलागाई र आनन्द प्रसाद पोखरेलले शैक्षिक क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । नेपालमा सामुदायिक विद्यालयहरुमा २३ हजार दक्ष गणित शिक्षकको अभाव रहेको तथ्यांक नै सार्वजनिक भएको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार
पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा