जावलाखेलमा सडक खन्दा गाडधन भेटियो !

 
Gaddhan-At-lalitpur-5-768x522

 

२५ माघ, ललितपुर । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु ‘कुखुराले भुतभुते खेलेझै’ गरेर माटो खोस्रिरहेका छन् । लाग्छ, त्यहाँ कुनै बहुमूल्य बस्तु हराएको पो हो कि ?

तर, केही हराएको होइन, भेटिएको रहेछ । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो ।

स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।

सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।

 

आज मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।

सिडियो साहेब के भन्छन् ?

ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरे । उनले भने, यो खबर आएपछि संरक्षण गर्न पुरातत्व विभागलाई खबर गरेको थिएँ, उनीहरु आएर लगे भन्ने मलाई खबर आएको छ ।’

 

तर, मंगलबार पनि मानिसहरु बाटोमा पैसा खोजिरहेका छन् नि भन्ने  प्रश्नमा प्रजिअ काफ्लेले भने, यो मलाई थाहा भएन, तपाईले भन्नु भो, म फेरि बुझ्छु ।’

Gaddhan-At-lalitpur-1-530x240

गाडधन भेटिएकोबारे पुरात्व विभागलाई सोध्दा स्मारक संरक्षण कार्यालयलाई भनिएको भनेर पन्छियो । यसले प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा पुग्यो कि स्थानीयले लगे प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा